• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

  •  मेन समाचार संवाददाता
  • १३ असार २०७९, सोमबार २१:२७ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    १३ असार २०७९, सोमबार । विद्यालयले ५३ वर्ष अघिदेखि हकभोग गर्दै आएको जमिन व्यक्तिले आफ्नो नाममागरी बिक्री गरेको पाइएको छ । जितपुरसिमरा उपमहानगरपालिका–१७ जैतापुर स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुरको हकभोगमा रहेको १ विगाह २ कठ्ठा ५ धुर जमिन दुषित प्रकृयाबाट ब्यक्तिको नाममा लगि बिक्रीसमेत गरेको पाइएको विद्यालयले जनाएको छ।

    २०२५ सालबाट विद्यालयले हकभोग गर्दै आएको साविक मनहर्वा गाविस वडा नं.४(ख) को कित्ता नं.३५ को सो जमिन ब्यक्तिले आफ्नो नाममा गरि बिक्री वितरण गरेको पाइएको विद्यालय ब्यवस्थापन समितका अध्यक्ष टल्के थिङ्गले बताए।

    उक्त जमिन २०३४ चैत्र १२ गते साविक बघवन गाविस वडा नं.१ हाल कलैया उपमहानगरपालिका १४ निवासी रामप्रसाद महतो नुनियाले पत्नी सियापती देवीको नाममा नक्कली श्रेस्ता बनाएर अघिल्लो वर्ष अर्कैलाई बेचेको पाइएको हो ।

    २०२२ साल असार २३ गते सर्वे हुँदा तत्कालिन पञ्च जीउलाल चौधरीले उक्त जग्गा ऐलानीप्रति भनी प्रमाणित गरेको फिल्ड बुकमा उल्लेख छ । २०३३ साल माघ २१ गते स्थानिय जनप्रतिनिधी समेतको रोहबारमा विद्यालयको नाममा नम्बरी कायम गर्न सार्वजनिक मुचुल्का गरि जिल्ला शिक्षा कार्यालय, मालपोत लगायतका कार्यालयमा विद्यालयले पत्र पठाएको थियो ।

    सोही मुचुल्का सहितको पत्रका आधारमा २०३४ साल असोज ३ मा जिल्ला शिक्षा कार्यालय बाराले तत्कालीन मालपोत तथा भूमि व्यवस्था कार्यालय बारालाई पत्रलेखि विद्यालयको नाममा श्रेस्ता कायम गरिदिन अनुरोध गरेको प्रमाण विद्यालयसँग छ । के कति कारणले त्यस समयमा श्रेस्ता बनेन थाहा छैन ।

    २०५४ चैत्र २१ पुनः तत्कालिन गाउँ विकास समितिले उक्त जमिन विद्यालयको हकभोगमा रहेको भनि प्रमाणित गरि पत्राचार गरेको पत्र पनि भेटिएको छ । ‘अनेक तथ्य प्रमाण हुँदाहुँदैपनि जमिन नुनियाको नाममा कसरि गयो खोजी गरिरहेका छौं’ अध्यक्ष थिङ्गले भने । उक्त जमिन २०२५ साल अघिबाट हालसम्म विद्यालयको हकभोगमा छ । तर केहीदिन अघि उक्त जमिन अर्कैले आफ्नो भन्दै दाबी गर्न आएपछि आफूहरु चकित परेको अध्यक्ष थिङ्गले बताए ।

    विद्यालयले अहिले पनि हुण्डामा सो जमिन स्थानीय किसानलाई खेतीगर्न दिएको र बार्षिक रुपमा उनीहरुबाट रकम बुझ्दै आएको छ । सरकारी विद्यालयको हकभोगमा रहेको अनेक प्रमाण देखाउँदै थिङ्गले विद्यालयको सम्पति फिर्ताका लागि पहल सुरु गरेको बताए ।

    जैतापुरका सोझासिधा आदिबासी जनजाती थारु, तामाङ्ग र दलित अभिभावकहरुलाई गुमराहमा पारेर नुनियाले सो जग्गा आफ्नो पत्नीका नाममा फर्जी धनीपूर्जा बनाएको देखिएको उनीहरुको आरोप छ । विद्यालयले पटकपटक श्रेस्ता बनाउन पलह गर्दै आएको देखिए पनि अर्कैको नाममा पूर्जा बनेको चाल भने अहिले आएर मात्रै पाएको हो । तत्कालीन समयमा प्रभावकारी ढंगले प्रयास गरेको पाइएन । हकभोग जारी छँदैछ । कस्ले केगर्छ र भन्ने ढङ्गबाट विद्यालयले सामान्य पहल गरिरहेको थियो ।

    अभिभावक फेरिइरहने, प्रधानअध्यापकहरुले खासै चासो नराख्दा नुनियाले सोको फाइदा उठाएर दुसित ढंगले आफ्नो नाममा जमिन गरेको बुझिएको विद्यालयका प्रधानअध्यापक दिपेन्द्र चौधरीले बताए ।

    ‘केही समयअघि नुनियाका आफन्त आएर खेती गर्ने किसानहरुसँग अधिँया चाहियो भनेपछि जैतापुरका अविभावन झस्याङ्ग भई छानबिन गर्दा अदालत समेतको प्रयोगमा ठूलै खेलोगरेर विद्यालयको जमिन ब्यक्तिको नाममा गएको पाएका हौं । उक्त जमिन नुनियाले २०७७ पौष १३ गते काठमाडौंका रामहरी घिमिरेलाई बिक्री गरेको पाइएको छ’ प्रधानअध्यापक चौधरीले भने ।

    २०३४ मा बनेको पूर्जा ०५४ पछि माओवादी विद्रोहका क्रममा मालपोतमा आगजनी हुँदा सोको श्रेस्ता नष्ट भएको मालपोतले उल्लेख गरेको छ । श्रेस्ता प्रमाण नष्ट भएपछि पुनः श्रेस्ता कायम गर्ने क्रममा मालपोतले विद्यालयको हकभोग थाहा पाएर रोक्ने प्रयास गर्दा नुनिया अदालत गएका थिए ।

    विद्यालयलाई थाहै नदिएर विद्यालयको पक्षमा काम गर्न चाहेको मालपोत बाराले हेटौंडा पुनरावेदनको परमादेश तथा उच्च अदालत जनकपुर अस्थाई इजलाश बिरगजंको निर्देशनात्मक आदेशबाट ०७७ मंसिर २५ गते रामप्रसाद महत्तो नुनियाको नाममा नामसारी गरेको भेटिएको हो ।

    २०६६ साल देखी जारी अदालती प्रकृयाका बारे जैतापुरका अविभावकहरुले पत्तो समेत पाएनन् । मालपोतले श्रेस्ता कायम गर्न नमानेपछि मालपोत कार्यालय विरुद्ध २०६६ साल फागुन १८ मा नुनियाले पुनरावेदन अदालत हेटौंडामा मुद्दा गर्दा गराएका थिए । सो मुद्दामा सुनुवाई गर्दै विपक्षी मालपोत बाराका नाउँमा २०६७ असार २३ मा परमादेश जारी भएको देखिएको र विद्यालयको जमिन पुर्ण विद्यालयकै नाममा फिता ल्याउन सबैको साथ सहयोग जरुरी रहेको स्थानिए संचारकर्मी पुष्पराज खतिवडाले बताए ।

    यसै विच जग्गाधनी सियादेवीको ०६७ श्रावण २१ मा मृत्यु भएपछि हकदारको नाममा मरुवा नामसारीका क्रममा मालपोतले नमानेपछि उच्च अदालतमा मालपोत बारा विरुद्ध अवहेलनाको मुद्दा हालेका नुनियाको पक्षमा निर्देशनात्मक आदेशबाट पति राम प्रसादले आफ्नो नाममा जमिन ल्याई काठमाण्डौका घिमिरेलाई बेचेको पाइयो ।

    २०१७ सत्र सालमा विद्यालय स्थापना गरि त्यस्को केही बर्षपछि अविभावकहरुले विद्यालय संचालनका लागि जंगल फँडानी गरी सो ठाउँमा करिब ४ विगाह जमिन विद्यालयको बनाएका थिए । सो १ विगाह २ कठ्ठा बाहेकको जमिन भोगमा समेत छैन । कसले खायो खोजी गर्दैछौं । दुःख गरेर ज्यान हत्केलामा राखेर पितापूर्खाले जुटाएको सम्पती कुनै हालतमा फिर्ता ल्याउन प्रयास गरिने चौधरीले बताए ।

    सो जमिन कसैले मेरो भनेर आए स्थानीयले त्यसै नछाड्ने उनको भनाइ थियो । विद्यालयको हकभोगमा रहेको जमिन ब्यक्तिको नाममा गएकाले फर्काउनु पर्ने स्थानीको माग छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ४२ लाखले अवलोकन गरे शाश्वतधाम
    आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज
    दैनिक छात्रा बेहोस हुन थालेपछि एक सातालाई विद्यालय बन्द
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ४२ लाखले अवलोकन गरे शाश्वतधाम

    • २.
      बेलहिया सडक निर्माणको काम शनिबारबाट हुने

    • ३.
      प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् ९ वटा कार्यसूची

    • ४.
      महिला टेनिस स्टार सेरेनाद्धारा सन्यासको घोषणा

    • ५.
      मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

    • ६.
      आगलागीबाट घर जलेर नष्ट लमजुङमा

    • ७.
      केन्याबिरुद्द नेपाली टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक किन रिलिज हुँदैछ

    • ३.
      मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

    • ४.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ५.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ६.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ७.
      हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.