काठमाडाैं । बितेको २४ घण्टामा मुलुकभर थप ३,०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यति नै अवधिमा थप १८ कोरोना संक्रमितको निधन भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ हजार ५२ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा ३,४३० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ४८ हजार ४०४ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।