सुदूरपश्चिम । कोरोना सङ्क्रमित कैलालीको गौरीगंगा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिइन् ।
बिरामी भएपछि कात्तिक १७ गते नमूना जाँच गराउँदा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।