काठमाडाैं । नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९७ हजार २०० मा कारोवार भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार ९५ हजार ७०० मा कारोवार भएकोमा आज रु एक हजारले वृद्धि भई ९६ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला ४५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार २१० मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २५५ मा कारोवार भएको छ ।