काठमाडौं । क्यामरुनका फुटबलर ड्याडी बम्बा आर्थिक अभावका कारण स्वदेश फर्किन समस्यामा परेकाे विषय सार्वजनिक भएको छ ।
जावलाखेल क्लबमा आबद्ध उनीसँग ८० हजार नभएका कारण स्वदेश फर्कन समस्या भएको जनाइएकाे छ। नोभेम्बर १० तारिखमा उनको उड्ने टिकट रहेको तर इमिग्रेसनमा बुझाउनुपर्ने शुल्क नभएका कारण समस्यामा रहेको बताइएको छ ।
पूर्वसचिव भीम उपाध्यायले उनलाई फेसबुकमार्फत सहयोग गर्न अपिल गरेका छन् । फुटबलर बाम्बालाई उद्धृत गर्दै उपाध्यायले लेखेका छन्, ‘हामीले धेरै ठाउँमा पैसाको लागि कुरा गर्यौं तर कसैले हामीलाई हेल्प गरेनन् । म विदेशबाट आफ्नो देश जादैँछु । मेरो सानी २ बर्षको छोरी छ । श्रीमती, आमा बालाई कोसेली भन्दा, म घर पुग्नु नै ठूलो भए पनि मेरो सानी छोरी बाबाले कोसेली ल्याउला भन्ने आशमा होलिन् । म यहाँ इमिग्रेसनमा तिर्ने पैसा नभएर रोकिरहेको छु,’ उनले भनेका छन्, ‘मलाइ कसैसँग गुनासो छैन । बस मलाई घर जानु छ र त्यसको लागि पैसा चाहिएको हो ।’
उनी आफैंले २ हजार सहयोग गरेको बताएका छन् ।
https://www.facebook.com/bhim.upadhyaya.1800/posts/705347786762555