अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा डेमोक्रयाक्ट पार्टीका उम्मेदवार जो बाइडेन शनिबार निर्वाचित भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सम्पन्न राष्ट्रपतिय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनले पराजित गरेको उल्लेख गरिएको छ । यद्यपि औपचारिक घोषणा भइसकेको छैन । आवश्यक २ सय ७० इलेक्ट्रोल मतमा बाइडेनले २ सय ७३ बाइडेनले प्राप्त गरेको जनाइएको हो ।
आगामी जनवरी २० मा जो बाइडेन ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिनेछन् । आगामी ४ वर्षसम्मका लागि बाइडेनले विश्व शक्तिशाली मुलुक अमेरिकाको शासन बागडोर सम्हाल्ने निश्चित भएको हो ।