• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

मानहुँकोटमा एकैदिन १० हजार पर्यटक !

  •  मेन समाचार संवाददाता
  • २३ कार्तिक २०७७, आईतवार १४:१६ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर । रासस

    तनहुँ । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ ।

    सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै ।

    दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाँउदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका–५ को मानहुँकोट डाँडा पुग्छन् । आन्तरिक पर्यटक सङ्ख्या दशैँयता ह्वात्तै बढेको छ ।

    दशैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गर्थे तर शनिबार १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । मेला महोत्सवमा जस्तै डाँडैभरि पर्यटकको ताँती लाग्यो ।

    यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । “गत वर्ष पर्यटकीय याममा दैनिक दुई/तीन सयको हाराहारीमा पर्यटक आउँथे । यो वर्ष दशैँपछि त्यो सङ्ख्या बढेर हजारमा पुग्यो । शनिबार १० हजारभन्दा बढी पर्यटक आएको अनुमान छ”, उनले भने ।

    मानहुँकोट पुग्ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँसम्म जाम लागेको थियो । चापाघाटबाट छ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ ।

    समुदायस्तरमा कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भिड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सञ्जालमा मानहुँकोट ‘कोरोना फ्रि जोन’ हो भनेर समेत व्यङ्ग्य गर्न थालिएको छ ।

    घुम्न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्न वडाध्यक्ष श्रेष्ठको अनुरोध छ । “कोरोनाका कारण घरबाट निस्किएर घुम्ने अवस्था छैन । सकभर कमै हिँड्नुस्”, उनले भने ।

    तनहुँको विभिन्न स्थानसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवन लगायतका जिल्लाबाट पर्यटक आएका हुन् । केही शुक्रबारै मानहुँकोट पुगेका थिए ।

    शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो । मानहुँकोटबाट सूर्योदय, सूर्यास्त, हिमशृङ्खला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It? Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?
    राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने
    सुदुरपश्चिम सरकारले २५ माघमा विश्वासको मत लिने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • २.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • ३.
      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

    • ४.
      राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

    • ५.
      बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    • ६.
      Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?

    • ७.
      राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ५.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.