• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ : मन्त्री गुरुङ

  •  मेन समाचार संवाददाता
  • २५ कार्तिक २०७७, मंगलवार १४:५५ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर: गुगल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् ।

    मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए ।

    नवलपरासी (बर्दघाट सुस्तापश्चिम) ,नवलपरासी (बर्दघाट सुस्तापूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने , “तपाईँको अभियानमा मन्त्रालयले पनि सहयोग गर्छ, सञ्चार क्षेत्रका कानून पनि सुधार गर्छौँ, ती कानूनमा मर्यादित पत्रकारिता थपिनेछ ।” भ्रम फैलाउने र नकारात्मक समाचारलाई बढी प्राथमिकता दिँदा पछिल्लो समय पत्रकारिताप्रतिको विश्वास कमजोर हुँदै गएको उनको भनाइ थियो ।

    मन्त्री गुरुङले सञ्चार क्षेत्रमा रुपान्तरण गर्ने गरी आफू लागेको पनि जानकारी दिए ।

    कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले समाजले भरोसा गरेको पत्रकारिता जगत्ले भ्रम र अफवाह फैलाउनेतर्फ नभई विश्वास बढाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले यस तालीमले पत्रकारितालाई जिम्मेवार र विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “हामीप्रतिको विश्वासलाई कायम राख्न कमजोरी सुधार गर्नुपर्छ, आचारसंहिता पालना गर्नु नै महत्वपूर्ण हो, यसका लागि हामीले अनुगमन गरिरहेका छौँ, राज्यको तर्फबाट पनि यसतर्फ पहल हुनुपर्छ ।”

    प्रेस काउन्सिल नेपालका सदस्य सङ्गीता खड्काले आचारसंहिता पालना गरे पत्रकारिता क्षेत्र विश्वसनीय हुने बताइन् ।

    “काउन्सिलले आचारसंहिता पालना गराउन पत्रकारलाई सचेत गराउने र लागू गराउने कार्य गर्दै आएको छ”, उनले भनिन् ।

    भ्रामक र गलत सूचना तथा समाचारलाई न्यूनीकरण गरी पत्रकारिता क्षेत्रलाई मर्यादित, विश्वसनीय, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिए ।

    तीन दिनसम्म सञ्चालन भएको दोस्रो चरणको तालीममा तीन जिल्लाका ३२ पत्रकारको सहभागिता रहेको मिडिया एक्सनका उपाध्यक्ष प्रियङ्का झाले बताइन् ।

    उनका अनुसार छ जिल्लाका ६४ पत्रकारलाई यस किसिमको तालीम प्रदान गरिएको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयोः सुरेन्द्र पाण्डे
    सर्वोच्चको फैसला स्वीकार गर्दै तोकिएको समयमा संसद बैठक बोलाउने निर्णय
    बूढानीलकण्ठमा देउवा, प्रचण्ड र माधव नेपालबीच केके कुराकानी भयो ?
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन

    • २.
      छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

    • ३.
      समृद्धिका लागि स्थिरता आवश्यक छः शेखर गोल्छा

    • ४.
      नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयोः सुरेन्द्र पाण्डे

    • ५.
      पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको अन्तरिम आदेश

    • ६.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ७.
      सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने प्रचण्ड–माधव पक्षको निष्कर्श

    • १.
      धादिङ्गको पाल्पा भञ्ज्याङ्गमा बस दुर्घटनाः ८ जना घाइते, एकको अवस्था गम्भिर !

    • २.
      भागरथी हत्याका आरोपित किशोरले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको स्वीकारे

    • ३.
      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूको प्रदर्शन

    • ४.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ५.
      राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्त !

    • ६.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ७.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.