• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

देशभर थपिए २५६९ संक्रमित, २६ काे मृत्यु

  •  मेन समाचार संवाददाता
  • २६ कार्तिक २०७७, बुधबार १९:३७ प्रकाशित
    Advertisement

    काठमाडाैं । देशभरमा आज कोभिड–१९ का दुई हजार ५६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै एक हजार ६६६ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    आज थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ५६९ र महिला एक हजार सात रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    आज सङ्क्रमणमुक्त भएका एक हजार ६६६ समेत गरी आजसम्म एक लाख ६२ हजार २४३ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ८० प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ९१२ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ ।

    योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख दुई हजार ३२९ पुगेको छ । काठमाडौँ उपत्यकामा आज एक हजार २६१ सङ्क्रमित थप भएका छन् । काठमाडौँ जिल्लामा ९७६, ललितपुर २०४ र भक्तपुर ८१ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा आज थपिएका सङ्क्रमितमध्ये एक हजार ७३३ पुरुष र ५२८ महिला रहेका छन् ।

    उपत्यकामा हाल काठमाडौँमा १७ हजार १६४, ललितपुरमा दुई हजार ५०६ र भक्तपुरका एक हजार २७५ सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, होम आइसोलेसनमा रहनेको सङ्ख्या काठमाडौँमा ११ हजार ३९३, ललितपुर एक हजार ८३१ र भक्तपुरमा एक हजार ८१४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १० हजार ८१ नमूना परीक्षण भएको थियो ।

    हालसम्म १५ लाख ७४ हजार २९५ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ५३ हजार ९४९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव आठ प्रतिशत छ । क्वारेइन्टीनमा रहेकाको सङ्ख्या आज एक हजार १०९ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये हाल २८ हजार ३९३ होम आइसोलेसन र १० हजार ५१९ संस्थागत आइसोलेसनमा रहेका छन् ।

    प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा चार हजार ७४७, प्रदेश २ मा ९५२, बाग्मती प्रदेशमा १८ हजार ९३९, गण्डकी प्रदेशमा दुई हजार १२१, लुम्बिनी प्रदेशमा ४०४, कर्णाली प्रदेशमा ३३७ र सुदूरपश्चिम प्रदेशमा ८९३ रहेको छ । देशभरमा गरी आज ३८२ सङ्क्रमित आइसियुमा रहेका छन् ।

    प्रदेश १ मा ४६, प्रदेश २ मा १२, बाग्मती प्रदेशमा १७१, गण्डकी प्रदेशमा ६९ र लुम्बिनी प्रदेशमा ६१, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १५ सङ्क्रमित आइसियूमा रहेका छन् ।

    त्यस्तै, प्रदेश १ मा १६, प्रदेश २ मा दुई, बाग्मती प्रदेशमा ६०, गण्डकी प्रदेश ११ र लुम्बिनी प्रदेश छ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमले साउनदेखि यता कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब ८१ करोड ५९ लाख छ हजार विनियोजन भएको जानकारी दिए ।

    उनले मन्त्रालयले परीक्षण र उपचारमा यसअघि गरिएको व्यवस्था परिवर्तन गर्दै सरकारले सूचीकृत गरेको सरकारी अस्पतालमा लक्षणसहितका सङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गरिएको बताए । उनले भने, “कोरोना बिमा गरेका सङक्रमितले बिमा कम्पनीबाट बिमा रकम दाबी गर्नुपर्छ भने सक्षम र इच्छुक ब्यक्तिले चाहेमा योगदान गर्नसक्नुहुन्छ ।”

    चौध जिल्लामा ५०० बढी सङ्क्रमित, मनाङमा शून्य आजसम्म देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने मनाङमा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रे, चितवान, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, दाङ र कैलाली रहेका छन् । आजसम्म मनाङमा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।

    पछिल्लो २४ घण्टामा कोभिडका कारण थप २६ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार १०९ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव छ प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ४० दशमलव दुई हो ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?
    ‘एमाले त ढुंगामाथि बसेर मुर्चुङ्गा बजाएर आनन्द लिईरहेको छ’ : केपी शर्मा ओली
    एकैदिन ४२ जनामा कोरोना संक्रमण
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Shailene Woodley Reacts To Aaron Rodgers Dating Mallory Edens

    • २.
      Wicca, Pagan, Goddess Info Wiccan Supplies Celtic Connection

    • ३.
      5 Ways To Block Adult Sites

    • ४.
      17 Waiters And Bartenders Share The Story Of The Most Awkward Date They’ve Served

    • ५.
      कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?

    • ६.
      ‘एमाले त ढुंगामाथि बसेर मुर्चुङ्गा बजाएर आनन्द लिईरहेको छ’ : केपी शर्मा ओली

    • ७.
      जनयुद्ध दिवसमा विदा दिने निर्णयविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      यात्रु अभावले उडान बन्द

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.