• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

शान्तिसेनामा शानदेखि गामिनीसम्म

  •  मेन समाचार संवाददाता
  • २९ कार्तिक २०७७, शनिबार १६:११ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    सबै तस्बिर-रासस

    काठमाडाैं । नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ ।

    कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षामा कुकुर प्रयोग गर्दै आएको छ ।

    इमान्दार र गुनिलो जातका रुपमा परिचित कुकुर भैरवको वाहन मानिन्छ । घरको विश्वसनीय पहरेदार कुकुर धेरै मानिसका घरहरुमा पालिने भए पनि वर्षको एकपटक यमपञ्चकको दोस्रो दिनमात्र पूजा गरिन्छ ।

    नेपाल प्रहरीले अपराध अनुसन्धानमा दर्जासमेत दिएर कुकुर प्रयोग गरेको धेरै वर्ष भइसकेको छ भने नेपाली सेनाले १८ वर्षदेखि शान्ति स्थापना कार्यमा लैजाने गरेको छ ।

    महाभारतका अनुसार पाण्डवहरु स्वर्ग जाँदा एउटा कुकुर पनि सँगै गएको थियो । रुसले ‘लाइका’ नामक कुकुर अन्तरीक्षमा पठाएको थियो जुन पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो जनावर बनेको थियो ।

    नेपालमा जङ्गलमा सिकार गर्न भोटेकुकुर लाने पनि चलन छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा तत्कालीन द्वन्द्वरत मुलुक लाइबेरियामा तैनाथ नेपाली शान्ति सैनिकले पहिलो पटक मिसनमा २०५९ सालमा ‘शान’ र ‘गामिनी’ नामक दुई कुकुर समावेश गरेको थियो ।

    लाइबेरिया र लिबियामा खटिएका शान्ति सैनिकको सहयोगका लागि नेपालबाट हालसम्म १३ कुकुर लगिसकिएको छ । लाइबेरिया मिसनमा कुकुरको प्रयोगबाट हातहतियार र विस्फोटक पदार्थ पत्ता लगाउने कार्यमा उत्कृष्ट नतिजा हात पारेपछि सेनाले लिबियामा पनि परिचालन गरेको हो ।

    कुकुर पनि क्वारेन्टिनमा

    नेपाली शान्ति सैनिकलाई लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग पुर्‍याउँदै आएका छन् ।

    त्यहाँ खासगरी हातहतियार र विस्फोटक पदार्थ बरामद, खोजी तथा उद्धार एवं कार्यक्षेत्रको सुरक्षामा कुकुर समावेश गरिएको छ । पछिल्लोपटक लिबियामा गत यही कात्तिक १४ गते ‘किलो’ नामक कुकुर पठाइएको छ भने लिबियाबाट हालै फिर्ता भएको ‘माइकल’ नामक कुकुरलाई सेनाको क्वारेन्टिनमा राखिएको छ ।

    सरकारले २०५५ सालमा सेनामा तालीमप्राप्त सैनिक डग राख्ने निर्णय गरेपछि सोही वर्ष भारतबाट जर्मन सेफेर्ड ६ र लेब्राडोर ६ कुकुर ल्याएर २०५६ सालदेखि तालीम दिइएको थियो ।

    गट्ठाघरस्थित भैरव वाहन गुल्मको डग केनलमा हाल जर्मन सेफेर्ड २३, लेब्राडोर ५४, ककर स्पाइनल पाँचवटा कुकुर तथा मालिनोइज जातका तीन साना छाउरा रहेको गुल्मपति सञ्जीवसिंह सिजापतिले जानकारी दिए ।

    कुकुरमा तीन किलोमिटर टाढासम्मको गन्ध थाहा पाउने शक्ति हुन्छ भने एक पटक सुँघेको कुरा एक घण्टासम्म स्मरण गर्न सक्छ । एउटा कुकुरका लागि तालीम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन ३७३ खर्च छ ।

    शान्ति सेनामा सुरक्षा र गस्तीमा खटिने प्रतिजोडाले ८९० र खोज तथा उद्धारमा खटिने जोडी कुकुरलाई प्रतिमहिना ९९५ अमेरिकी डलर भत्ता प्राप्त हुने उक्त गुल्मले जनाएको छ ।

    सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी शान्ति मिसनमा कुकुर पठाउने गरेको छ । सामान्यतया एउटा स्वस्थ्य कुकुरले आठ वर्षका उमेरसम्म पूर्णरुपमा काम गर्ने बताइन्छ ।

    यसका अतिरिक्त सेनाकै मुस्ताङस्थित सैनिक उच्च शिखर शिक्षालयमा गोल्डेन रिट्रिभर दुई र जर्मन सेफेर्ड एक तथा चितवन राष्ट्रिय निकुञ्जमा चोरीसिकारी नियन्त्रणका लागि मालिनोइज र लेब्राडोर दुई जातका कुकुर रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाले कुकुरलाई समयानुकूल तालीम प्रदान गर्न डग हाण्डलरलाई भारत, पाकिस्तान र बङ्गलादेश पठाउने गरेको छ । सुरक्षा फौजले सञ्चालन गर्ने विभिन समारोहमा समेत खेलकूद र मनोरञ्जनका लागि कुकुर प्रयोग गरिँदै आएको छ ।

    सो गुल्ममा आज सेनाले कार्य जिम्मेवारीमा खटिँदा कुकुरले गर्ने कार्य जिम्मेवारीको नमूना अभ्यास प्रस्तुत गर्नाका साथै कुकुरको सामूहिक पूजा कार्यक्रमको आयोजना गर्‍यो ।

    ‘जोजो’ को मूल्य ६ लाख ५० हजार

    नेपाल प्रहरीमा पनि वरिष्ठ उपरीक्षकको नेतृत्वमा डग केनेल महाशाखा छ । सो महाशाखा मातहत काठमाडौँ उपत्यकामा ५० सहित मुलुकभर ९६ कुकुर छन् ।

    आठ प्रजातिका कुकुर रहेको उक्त महाशाखामा ‘जोजो’ नामको कुकुर बेलारुसबाट दुई वर्षअघि ६ लाख ५० हजारमा खरिद गरी ल्याइएको हो । त्यही कुकुरको सहायतामा गङ्गबुँमा गत वर्ष साउनमा भएको हत्याकाण्डको घटनामा संलग्न अपराधी पत्ता लगाउन प्रहरी सफल भएको थियो ।

    महाशाखामा रहेका केही कुकुर आफ्नै उत्पादन तथा केही विदेशबाट किनेर ल्याइएका हुन् । विसं २०२६ मा स्थापित सो महाशाखामा कुकुरलाई तालीम दिन तथा हेरचाहका लागि १६५ जनशक्तिको व्यवस्था गरिएको छ ।

    कोरोना सङ्क्रमणका कारण महाशाखाले यसपालि विगतको जस्तो औपचारिकरुपमा कुकुर तिहार नगरी सामान्य पूजा विधि गरेको थियो । सुरक्षाकर्मीले कुकुरको सहायतामा विशिष्ट व्यक्तिको सुरक्षा, हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध बरामद, अपराध अनुसन्धान, प्राकृतिक प्रकोप तथा विपद्का घटनापछिको खोजी एवं उद्धार, वन्यजन्तु चोरी सिकार नियन्त्रण र कार्यक्षेत्रको सुरक्षामा असरदार नतिजा हात पर्दै आएको छ ।

    अर्काे सुरक्षा फौज सशस्त्र प्रहरी बल, नेपालसँग पनि तालीमप्राप्त चार प्रजातिका ३० कुकुर छन् । ती कुकुर खासगरी सीमा नाकाबाट हुने अवैध गतिविधि रोक्न तथा अपराधका घटना पत्ता लगाउन एवं खोज उद्धारमा प्रयोग हुँदै आएको जनाइएको छ ।

    विसं २०६२ मा स्थापना भएको उक्त सङ्गठनको पशु स्वास्थ्य तथा डग हेण्डलर सेन्टरलाई भारत र अमेरिकाबाट पनि केही उपहारस्वरुप कुकुर प्राप्त भएको सशस्त्र प्रहरी बलका नायब निरीक्षक रमेश पोखरेलले जानकारी दिए ।

    सुरक्षा फौजले कुकुरलाई आधारभूत तालीम प्रदान गरेपछि उसको क्षमता पहिचान गरी त्यसका आधारमा विषयगत तालिम दिँदै आएको छ । यसैबीच यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ ।

    द्वारपालका रुपमा रहने, घरघर परिवारलाई भरपर्दाे सुरक्षा प्रदान गर्ने तथा आदेशपालक सन्तोषी घरपालुवा जनावर कुकुरलाई माला लगाई मीठो परिकार दिएर पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)
    प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण
    प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • २.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ३.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ४.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ५.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ६.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ७.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.