• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

मर्दी हिमाल साहसिक पर्यटकीय गन्तव्य

  •  मेन समाचार संवाददाता
  • २९ कार्तिक २०७७, शनिबार १७:२५ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    पाेखरा । छोटो समयमा आरोहण गर्न सकिने मर्दी हिमाल साहसिक पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएकामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

    नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा भएको ‘मर्दी हिमाल आरोहण’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले पदयात्रासँगै हिमाल आरोहण पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएको बताए ।

    अन्तरक्रियामा सन् १९६१ मा पूर्वी मोहोडाबाट आरोहण गरेको पाँच हजार ५८७ मिटरको उचाइमा रहेको मर्दी हिमालको दक्षिणी पश्चिमी मोहोडाबाट आरोहणमा गएको सात सदस्यीय टोलीले पदयात्राका क्रममा देखिएका मानवीय अवस्था, रमणीयस्थल, वन्यजन्तु, चराचुरुङ्गी र आरोहणमा सम्भावना तथा चुनौतीका बारेमा सचित्र प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव रामकाजी श्रेष्ठले साहसिक पर्यटन प्रवद्र्धनमा मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    पोखरा पर्यटन परिषद्का कार्यवाहक अध्यक्ष गोपीबहादुर भट्टराईले सन् १९५० मा मौरिस हर्जोगले नेपालका आठ हजारभन्दा माथि उचाइका आठवटा हिमालमध्ये पहिलो अन्नपूर्ण आरोहणसँगै पोखराको पर्यटन विकास शुरु भएको इतिहास रहेको बताए।

    पदयात्रामार्गमा मोटर बाटो निर्माण कार्यलाई बन्द गरी एडभेन्चर टुरिजमलाई जोगाउनुपर्नेमा जोड दिँदै उहाँले पदयात्रीसँग सङ्कलन गरिने प्रवेश शुल्क स्थानीयको विकास तथा नयाँ गन्तव्यको प्रवद्र्धनमा खर्च गर्नुपर्ने बताए ।

    पर्वतीय सङ्ग्रहालय सञ्चालक समितिका सदस्य जीवन सापकोटाले हिमचुचुराहरूको प्रदेश प्रोफाइल बनाउनुपर्ने बताउँदै उहाँले सङ्ग्रहालय परिसरमा फ्रान्स राजदूतावास निर्माण गरेको क्लाइम्बिङवाल जीर्ण भएको कारण भत्काइएको जानकारी दिए ।

    संघका गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले साहसिक पर्यटकको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशको पर्यटन विकासका लागि सम्बन्धित निकायले ध्यान पु¥याउनुको विकल्प नभएको बताए ।

    एउटै यात्राबाट कुमारी माछापुच्छ्रेसहित मर्दी, अन्नपूर्ण हिमशृङ्खला, हिमचुली, गङ्गापूर्ण, गन्धर्व चुलीलगायतका आधा दर्जनभन्दा बढी हिमाल नियाँल्ने अवसर मिल्ने भएकाले मर्दी पदयात्रा मार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको आरोहण टोली संयोजक प्रेम गुरुङले जानकारी दिए ।

    चार हजार ७८३ मिटरको उचाइमा सागा भ्यू प्वाइन्टमा चार दिन बसेर पनि आरोहण सफल गर्न नसकेको दुःख व्यक्त गर्दै उहाँले कमजोर चट्टान भएको कारण दिनमा माथिबाट ढुङ्गा निरन्तर झरिरहने हुँदा आरोहण गर्न कठिन भएको बताए ।

    आरोहण दलका सदस्य एवम् अन्तर्राष्ट्रिय ट्रेकिङ गाइड जगत तिमिल्सिनाले जोखिम मोलेर भए पनि मर्दी हिमाल आरोहण एवम् यसको प्रचारप्रसार गरी साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउने उद्देश्य रहेको बताउँदै नेपालका हिमाल आरोहणमा विदेशी गाइड प्रमाणपत्र पेश गर्नुपर्ने विडम्बनाको अन्त्य हुनुपर्ने बताए ।

    दुई पटकसम्म सगरमाथा आरोहण गरेका खेमलाल गौतमले ४० भाषामा प्रकाशित एवम् ६० करोडभन्दा बढी बिक्री भएको ‘द अन्नपूर्ण’ पुस्तकले नेपाललाई विश्वसामु परिचित गराएको बताउँदै मर्दी हिमाल पदमार्गलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिए ।

    नेपाल पर्वतारोण गण्डकीका कोषाध्यक्ष विकास गुरुङले पदमार्गसँगै त्यस क्षेत्रमा आवश्यक भौतिक पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता औंल्याए । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
    विद्यालयमा आगलागी, एक करोडको क्षति
    मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    • २.
      विद्यालयमा आगलागी, एक करोडको क्षति

    • ३.
      मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    • ४.
      पिएसएल खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

    • ५.
      कैलालीमा युवक मृत फेला, हत्याको आशंका

    • ६.
      झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

    • ७.
      १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा १९ वर्षीय बेहुला पक्राउ

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ५.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ६.
      रिहा भएका विप्लव नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाटै पक्राउ

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.