• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

यमपञ्चकको चौथो दिन : गाई, गोरु, हली तिहार

  •  मेन समाचार संवाददाता
  • ३० कार्तिक २०७७, आईतवार ०६:५६ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर: गुगल

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ ।

    गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो ।

    गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

    आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताए ।

    आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ ।

    गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ ।

    आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ ।

    आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

    आत्म (म्ह) पूजा

    कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गरिएको छ । नेवार समुदायका मानिसहरुले भने आज बेलुकी आत्म (म्ह) पूजा गरी मनाउँदैछन्।

    आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।

    विगत वर्ष जस्तै म्ह पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवत्कै दिन आत्म पूजा गर्नेले सोमबार गर्न लागेका हुन् ।

    म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवत् संग जोड्नु नहुने समितिका सदस्य कीर्तिमदन जोशीले बताए ।

    धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाडबाडमाथि हस्तक्षेप गर्दा यस्तो समस्या आएको उनको भनाइ छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग
    संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव : प्रधानमन्त्री
    प्रम दाहाल र मेयर शाहबीच भेटवार्ता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

    • २.
      २०० करोड रुपैयाँको क्लब बादशाह यी कलाकार

    • ३.
      नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ

    • ४.
      अभिनेता रजनीकान्तले जारी गरे कारबाहीको चेतावनीयुक्त पत्र

    • ५.
      प्रतितोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे स्थिर

    • ६.
      संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव : प्रधानमन्त्री

    • ७.
      सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी: परराष्ट्र मन्त्री पौडेल

    • १.
      हरियो तरकारी र फलफूलको मूल्य यस्ताे रहेकाे छ आज

    • २.
      इंग्लिस प्रिमियर लिग: लगातारको खराब नतिजापछि एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त

    • ३.
      नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने

    • ४.
      गृहमन्त्री लामिछानेले आत्मदाह गरेका आचार्यका परिवारले भेटेर मागे क्षमा

    • ५.
      फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

    • ६.
      सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : बालेन्द्र साह

    • ७.
      वामदेव गौतमलाई एकीकृत समाजवादीमा आउन माधव नेपालको प्रस्ताव

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.