काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो नेपाल स्टारमा पोखराका चार जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
गायन र संगितको राजधानीले परिचित पोखराका नवप्रतिभाहरु सुनिल विक, एलिना गुरुङ, कुर्वान अलि खान र अमिन परियार प्रतियोगिताको टप १८ मा पुगेका छन् ।
टप १८ प्रतियोगिको प्रस्तुती रहेको शनिवारको एपिसोडमा चारै जनाले निर्णायकहरुबाट राम्रो प्रतिक्रिया पाएका छन् ।
प्रतियोगी मध्य कुर्वान अलि खान एमपिफोर व्याण्डको भोकलिस्ट हुन् । उनले गाएका विभिन्न कभर गितहरु युट्युबमा समेत हेर्न सकिन्छ ।
पोखराको गुरुकुल संगित प्रशिक्षण केन्द्रमा गायन सिकेका सुनिल विकले नेपाल स्टारको अडिसनमै निर्णायकहरुको मन जितेका थिए ।
त्यसयताका सबै राउण्डमा उनले उत्कृष्ट प्रस्तुती दिदैं निर्णायकहरुबाट वाहवाही पाइरहेका छन् ।
पोखराकी अर्की प्रतिस्पर्धी एलिना गुरुङले गुरुङ भाषी तथा नेपाली गित गाइसकेकी छन् । उनको माया गर्ने को होला , आँखा भरि बोलको गित सार्वजनिक भइसकेको छ ।
ऋषभ राउण्डको प्रस्तुतीले धेरैको नजरमा परेका अमिन परियार प्रतियोगितामा उत्कृष्ट प्रस्तुती दिदैं आइरहेका छन् ।
अघिल्लो चरणको प्रवेशका लागी शनिवार रातीदेखी भोटिङ खुल्ला भएको छ । नेपाल टेलिभिजनको एपबाट भोट गर्न सकिनेछ भने नेपाल टेलिकम , एनसेल र स्मार्टसेल प्रयोग कर्ताले एसएमएस मार्फत भोट गर्न सक्नेछन् ।
पोखराका चार प्रतिस्पर्धीबाहेक स्याङ्जाका किरण गुरुङ पनि टप १८ मा छन् ।
निर्णायकको केही मत र धेरै भोटको आधारमा पोखराका सुनिल , एलिना , कुर्वान , अमिन , स्याङ्जाका किरणसहित सिन्धुपाल्चोकका सुनन्द ढकाल , धरानका सन्देश वोमजन लामा , तेह्रथुमका लक्षमण लिम्बू , इलामकी समिक्षा दाहाल , झापाका कमल रसाइली , बाराकी श्रेया नेपाल , दाङ प्रेक्क्षा लम्साल , काठमाडौंका सुरेश लामा , चितवनकी सलिना विक , झापाका सिद्धान्त खड्का , सुर्खेतका सागर हमाल , पाँचरथकी मुना ठटाल र झापाका विशाल देव श्रेष्ठ मध्यबाट आगामी हप्ता अर्को चरणमा प्रवेश गर्नेछन् ।