• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

रोजगारी गुमाएर फर्किएकालाई स्वरोजगार बनाइँदै

  •  प्रेमनारायण आचार्य
  • २ मंसिर २०७७, मंगलवार १३:१२ प्रकाशित
    Advertisement
    Advertisement

    अर्घाखाँची । अर्घाखाँचीका स्थानीय तहहरुले बेरोजगार भई स्वदेश तथा विदेशबाट घर फर्किएका यहाँका नागरिकलाई कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएका छन् ।

    कृषिमा आधुनिकीकरण, व्यावसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न कृषकलाई बीउबिजन सहयोग गर्नेदेखि लिएर उत्पादन भएको तरकारी बजार पुर्‍याउनेसम्मका योजना अघि सारेका छन् र यसका लागि बजेट विनियोजन पनि गरेका छन् ।

    सन्धिखर्क नगरपालिकाले यस वर्ष कृषि र पशुपालनका लागि सात करोड ८७ लाख बजेट विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले जानकारी दिए ।

    नयाँ हाटबजार निर्माणका लागि समेत रु दुई करोड रकम बजेट विनियोजन गरेको छ । गएको दुई वर्षमा कृषि पेशालाई यान्त्रिकरण गर्न र किसानले नयाँ प्रविधि अपनाउन भनेर उनीहरुलाई ३० ओटा मिनी टिलर अर्थात हाते ट्याक्टर वितरण गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

    दुई सय ५० थान टनेल, थोपा सिँचाइ १०० सेट, २०० माहुरीका घार वितरण गरेको छ । करिब ५२ क्विन्टल मकैको बीउ र २६ क्विन्टल गँहुको बीउ, मौसमी तथा बेमौसमी तरकारीको बीउ दुई हजार प्याकेट र च्याउको बीउ ६०० प्याकेट ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिए ।

    गतवर्ष कृषि र पशुपालनमा एक करोड २० लाख बजेट विनियोजन भएको थियो । गएको दुई वर्षमा सन्धिखर्क नगरपालिकाले नश्ल सुधारका लागि ३६ ओटा बोयर बोका, छ वटा उन्नत जातका राँगा वितरण गरेको नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले बताए ।

    उन्नत जातका घाँसका बीउ मलासेस, ब्रसिम, जै, घाँसलगायतका घाँस ९ क्विन्टल वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

    त्यसैगरी ४४ वटा गाईभैँसीको गोठ सुधार, दुई ओटा कुखुराको खोर सुधार र छ ओटा बाख्राको खोर सुधारका कार्यक्रम सञ्चालन गरेको थियो । शीतगङ्गा नगरपालिकाले यसवर्ष कृषि र पशुपालनका लागि तीन करोड रकम बजेट विनियोजन गरेको छ ।

    कृषकको मागमा आधारित कार्यक्रम सञ्चालन गर्न तथा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्न बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । प्रत्येक वडामा कृषि र पशुपालनका लागि भनेर एक लाख ५० हजारका दरले १४ वडामा बजेट पठाइएको छ ।

    नगरपालिकाको कूल बजेट तीन करोड रहेको नगरप्रमुख अधिकारीले जानकारी दिए । नगरपालिकाले स्थानीय जातको कुखुराको मासु, कागती कफी र केरामा पनि बिक्रीको आधारमा अनुदान दिने निर्णय गरेको छ ।

    गतवर्ष शीतगङ्गा नगरपालिकाले उत्पादनमा आधारित अनुदान रकम मात्र ७५ लाख वितरण गरेको छ । गतवर्ष कृषिमा यान्त्रिकरण गर्न नगरपालिकाले ५० ओटा मिनी टिलर पनि कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको नगर उपप्रमुख टिका रेग्मीले जानकरी गराए ।

    माहुरीका घार पनि ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको नगरपालिकाले जनाएको छ । भूमिकास्थान नगरपालिकाले कृषिमा ४५ लाख र पशुपालनका लागि समान ४५ लाख विनियोजन गरेको छ ।

    संघ र प्रदेशबाट आएकासमेत गरी कृषि र पशुपालनमा झण्डै तीन करोड बजेट रहेको भूमिकास्थान नगरपाकिलाका नगर प्रमुख रेशम थापाले जानकारी दिए ।

    नगरपालिकाले गत वर्ष कृषक तथा कृषक समूहको मागका आधारमा १५ हजार कागतिका बिरुवा, ९० ओटा टनेल, १७३ वटा माहुरीका घार र मकै छोड्याउने मेसिन ८ वटा पनि वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख रामबहादुर थापाले बताए ।

    पशुपालनलाई व्यवस्थित गर्न १५ ओटा भकारो सुधार र सिँचाइको लागि सात वटा सिमेन्ट पोखरी समेत कृषकको घर गाउँमा निर्माण गरेको छ । कोरोनाले गर्दा विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई कृषि पेशामा आवद्ध गराउने खालका कार्यक्रमहरु यस वर्ष सञ्चालन गर्न पर्याप्त बजेट छुट्याइएको नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्बासेले बताए ।

    मालारानी गाउँपालिकाले कृषि र पशुपालन गर्न चाहने युवालाई बिना धितो स्वरोजगार ऋण प्रदान गर्ने भएको छ । स्वरोजगार कोष खडा गरी कृषि र पशुपालन व्यवसायमा लाग्ने युवालाई रु दूई लाख देखि १० लाखसम्म ऋण प्रदान गर्ने कार्यक्रम सञ्चालन भएको छ । उनले यो वर्ष कृषि विकास बैंकबाट गाउँपालिकामा रहेका युवालाई रु ६ करोड प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गर्न थालिएको छ ।

    पालिकाले गतवर्ष ८१ जना कृषकलाई चार ओटाका दरले बोयर जातका बाख्रा प्रदान गरेको थियो । कृषि पेशालाई आधुनिक बनाउन र यान्त्रिकरण गर्न कृषकको मागका आधारमा ३० वटा मिनी टिलर अर्थात हाते ट्रयाक्टरसमेत गत वर्ष ८० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

    मकैको बीउ, कागती, सुन्तला, तथा चियापत्तीका बिरुवा पनि कृषकलाई वितरण गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत नेत्रप्रसाद खनालले बताइ । यसवर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

    छत्रदेव गाउँपालिकाले कृषि र पशुपालनबाट मात्रै आर्थिक वृद्धि हुने निष्कर्ष निकालेर युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रम सञ्चालन गर्दैछ । यसका लागि यसवर्ष झण्डै रु दुई करोड विनियोजन गरेको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए ।

    परम्परागत तथा निर्वाहमुखी कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न र लागि परेको बताइएको छ । व्यावसायिक कृषि तथा पशुपालन फर्ममार्फत् कार्यक्रम सञ्चालन गर्ने काममा गाउँपालिकाले जोड दिएको छ । कोरोनाले गर्दा रोजगारी गुमाएर घर फर्किएका युवालाई उत्पादनमुखी कृषि पेशाका लागि ऋण दिन बैंकसँग पनि समन्वय गरिएको छ ।

    हलोको सट्टा मिनी टिलर, परम्परागत कुटो तथा कोदालोको सट्टा नयाँ सामग्रीको प्रयोग गरी कम समय र कम लागतमा उत्पादन बढाउन कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताए । माटो सुहाउँदो तरकारी तथा अन्नखेतीका लागि माटो परीक्षणशाला गाउँपालिकाले सञ्चालन गरेको छ भने एक घर एक करेसाबारीको अभियान घरघरमा पुर्‍याएको छ ।

    बोयर जातको बाख्रापालन प्रवद्र्धन गर्न गतवर्ष अष्ट्रेलियाबाट सो जातका बोयर खरिद गर्न बोलपत्र आह्वान गरे पनि कोरोनाका कारण काम हुनसकेको थिएन । यसवर्ष उक्त कामका लागि एक करोड विनियोजन गरेको छ । पाणिनी गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ ।

    यी बस्तु निर्यात गर्नसक्ने अवस्थामा पुगेको छ । केही समय पहिला अण्डा र मासु अन्तबाट ल्याउनुपर्नेमा यसवर्ष कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न र युवाहरुलाई कृषिमा लगाउन झण्डै तीन करोड विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।

    यसवर्ष सो गाउँपालिकाले दूधमा प्रतिलिटर पाँच अनुदान दिने भएको छ । यसअघि प्रतिलिटर दुई रुपैयाँ ५५ पैसाका दरले अनुदान दिएको थियो । गाउँपालिकामा १० ओटा डेरी र पाँच ओटा पोल्ट्री फर्मबाट सञ्चालित छन् ।

    यी डेरीले गत आर्थिक वर्षमा करिब आठ लाख ६० हजार १३९ लिटर दूध सङ्कलन गरेको र पोल्ट्रिफर्मले दिनैपिच्छे २२ हजार अण्डा उत्पादन गरेको कृषि प्राविधिक दधिराम अधिकारीले जानकारी दिए ।

    स्थानीय तहमा बोयर बाख्रा र टिस्यु कल्चर विधिबाट आलुको बीउ उत्पादनको केन्द्रका रुपमा विकास गर्ने गरी योजना अगाडि बढाइएको पशु प्रविधिक कृष्ण घिमिरेको भनाइ छ । गत वर्ष सो पालिकाले २६ ओटा हाते ट्याक्टर कृषकलाई प्रदान गरेको थियो । त्यसैगरी करिब चार सय प्लाष्टिक टनेल ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । यसवर्ष पनि हाते ट्याक्टर तथा घाँस काट्ने मेसिनलगायतका सामग्री प्रदान गरिने भएको छ ।

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज
    प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
    त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज

    • २.
      विद्यालय बन्द गरि अनलाइन कक्षा संचालन गर्न सीसीएमसीको सिफारिस

    • ३.
      ‘फ्लोर क्रस’ गर्ने कर्णालीका सांसद एमालेको साधारण सदस्य समेत नरहने गरि निष्कासित

    • ४.
      प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    • ५.
      त्रिकोणात्मक सिरिजः कुशल र आशिफ चम्किँदा नेपाल ९ विकेटले विजयी

    • ६.
      भारतबाट फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण

    • ७.
      कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    • १.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • २.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ३.
      खोटाङमा ‘हिरासत पुस्तकालय’ अभियान

    • ४.
      दोस्रो चरणको खोप वैशाख ७ देखिः कहिले कसको पालो ? खोप केन्द्र कहाँ ?

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      प्रदेश सरकार संकटमा परेपछि गण्डकीका मुख्यमन्त्री गुरुङ काठमाडौँमा

    • ७.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.