• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

सूर्यको पूजा आराधना गर्ने पर्व छठ सुरु

  •  मेन समाचार संवाददाता
  • ३ मंसिर २०७७, बुधबार १०:०७ प्रकाशित
    Advertisement

    काठमाडाैं । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ ।

    कात्तिक शुक्ल चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरेसँगै यो पर्वको विधि शुरु हुन्छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यस दिनदेखि छठपर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ ।

    मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्छन् । तराईमा उत्साहका साथ मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो ।

    सूर्य उपासनाको पर्व भएकाले पहाडी समुदाय पनि यसप्रति आकर्षित भएका छन् । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्व एवं साजसज्जाका साथ यो पर्व मनाउन थालिएको हो ।

    यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति शुरु भएको थियो । कात्तिक शुक्ल चतुर्थीका दिन छठस्थलमा सरसफाइ एवं स्नान गरेका बर्तालु पञ्चमीका दिनमा निर्जल उपवास बस्छन् । यस दिन बेलुकी घरमा खिर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ ।

    यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका अनिल झा बताउँछन् । षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठीमातालाई चढाउने गर्छन् ।

    रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ । षष्ठीका दिन पकवान, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ ।

    डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ ।

    यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।

    पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो । कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहित महिला पुरुषले पतिपत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वर वधु प्राप्तिको कामना गर्छन् ।

    सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आएका कमलपोखरी छठ समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए ।

    सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरूले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए ।

    पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

    अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको सूर्य पुराणमा उल्लेख छ । छठ व्रतका प्रभावले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएपछि अरुले पनि मनाउने परम्पराको शुरुआत भएको अनुयायीको भनाइ छ ।

    यस वर्ष कात्तिक शुक्ल षष्ठी अर्थात् मङ्सिर ५ गते शुक्रबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् मङ्सिर ६ गते शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । कोरोनाका कारण राजधानीमा विगत वर्षजस्तो छठको रौनक छैन ।

    यस वर्ष भने कोरोना महामारीका कारण राजधानीका छठस्थलमा विधिमात्र पूरा गर्न प्रशासनले आह्वान गरेको छ । कोरोना फैलन सक्ने भएकाले छठस्थलमा रात नबिताउनसमेत प्रशासनले निर्देशन दिएको समाजका अध्यक्ष सिंहले सुनाए । रासस

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    इलाम कारागारबाट थुनुवा फरार
    माल्टा पठाउने नाममा ठगी
    पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Local Singles Dating Reviews Ryan Grocery & Processing, Inc

    • २.
      ‎Tinder Dating New People On The App Store

    • ३.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • ४.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ५.
      इलाम कारागारबाट थुनुवा फरार

    • ६.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ७.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.