काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक दश दिनपछि पुनः बस्ने गरि स्थगित भएको छ ।
वैठकले मंसिर १३ गते सचिवालय, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टिभित्रको आन्तिरक विवाद चरम उत्कर्सको रुपमा पुगेका वेला प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको थियो ।
बैठकमा प्रधामन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा वलीले दस्तावेज लेख्नका लागि भन्दै दश दिनको समय माग गरेका थिए ।
आफु विरुद्ध लान्छाना लगाइएको भन्दै प्रधानमन्त्रीले जवाफका लागि दश दिनको समय मागेका हुन् ।
महासचिव विष्णु पौडेलले सचिवालय सदस्यबाट राजीनामा दिएर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् ।
नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी बन्ने भन्दै उनले सो प्रस्ताव राखेका थिए ।
गत कात्तिक २८ गतेको सचिवालयको बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टी बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद बढेको थियो ।