• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

च्याउखेती : बजारको चिन्ता छैन, खपत सहजै

  •  मेन समाचार संवाददाता
  • ४ मंसिर २०७७, बिहीबार १२:१४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं । कैलालीको जानकी गाउँपालिकाका युवा च्याउखेतीमा आकर्षित भएका छन् । उनीहरुले व्यावसायिकरूपमा च्याउखेती गरेर अहिले मनग्य आम्दानीसमेत लिन थालेका छन् । छ हजार लगानीबाट च्याउखेती शुरुआत गरेका जानकी–४ का श्रीराम कठरियाले अहिले रु दुई लाखको लगनी गरेका छन् ।

    उनले कन्य च्याउ र गोब्रे च्याउ गरी दुईथरिका च्याउ उत्पादन गरिरहेका छन् ।

    “मैले विगतमा धेरै काम गरेँ तर अहिले च्याउखेतीमा भने सन्तुष्ट छु”, उनले भने , “दुई जातका च्याउ उत्पादन गर्छु, बजारको चिन्ता छैन, खपत सहजै भइरहेको छ ।”

    अन्य कामभन्दा कम लगानी र घरमै बसेर गर्न सकिने भएकाले च्याउखेती रोजेको उनको भनाइ छ ।

    “शुरुमा थोरै लागनीबाट शुरु गर्न सकिन्छ, तरकारी भएकाले बिक्री भइहाल्छ”,उनले भने , “घरपरिवार मिलेर गर्न सकिन्छ, यसले कामदार व्यवस्थापनमा समेत सहयोग पुगेको छ । च्याउसँगै अन्य काम पनि गर्न सकिन्छ ।”

    जानकी–५ का एञ्जिल चौधरीले पनि गत वर्षदेखि च्याउखेती शुरुआत गरेका छन् ।  उनले रानी जमरा कुलरिया सिँचाइ आयोजना कैलालीको ५० प्रतिशत अनुदान सहयोगमा च्याउखेती गरिरहेका छन् ।

    “आधा लगानी सिँचाइ आयोजनाले गरिदिएपछि म थप हौसिएको छु । अहिले ६०० पोका च्याउ उत्पादन गरिरहेको छु”, उनले भने, “मेरो बारीमा उत्पादन भएको च्याउ टीकापुर, लम्की, जोशीपुर, भजनी र धनगढीसम्म जाने गरेको छ ।”

    उनको व्यवसायमा पनि पाँच जना घरका सदस्य आफैँले काम गरिरहेका छन् । बजारीकरणका लागि दुई जना कामदारसमेत राखेका छन् ।

    कामका लागि युवाहरु विभिन्न ठाउँ भौतारिनुभन्दा यसरी व्यवसाय थालेमा यही राम्रो कमाइ गर्न सकिने , उनको भनाइ छ ।

    “बेरोजगार भयौं भनी धेरै युवाहरु भारत तथा विदेश जान थालेका छन्, कोरोना सङ्क्रमण फैलिएपछि यहाँका अधिकांश युवा भारत पसेका छन्”, उनले भने, “बेरोजगार बस्नु, विदेश जानुभन्दा यही कृषिमा लागे राम्रो आम्दानी गर्न सकिन्छ ।”

    गाउँपालिकाले पनि युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै कृषिमा अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

    जानकी गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरी युवालाई लक्ष्य गरेर कृषिकर्म गर्ने युवालाई गाउँपालिकाले सघाइरहेको जानकारी दिए ।

    “तालिम, प्राविधिक ज्ञान दिने काम गाउँपालिकाले गरिरहेको छ”, उनले भने, “यसका साथै नयाँ कृषि व्यवसाय गर्न चाहनेका लागि गाउँपालिकाले थप सहयोग गर्न सक्छ ।”

    कृषक अगुवा सन्दीप चौधरी पछिल्लो समय युवाहरु कामको खोजीमा विदेशिने क्रम बढेकाले स्थानीय सरकारले स्थानीयस्तरमा युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रम थप सञ्चालन गर्नुपर्ने सुझाव दिन्छन् ।

    “अबको भविष्य भनेको कृषि नै हो, कृषिलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्छ”, उनले भने, “अनुदानमात्र नभई बजारीकरणमा समेत सहयोग गर्न आवश्यक छ ।”

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    शेयर बजारमा उछालः परिसूचक ९० अंकले बढ्यो, निफ्राको शेयर ८ प्रतिशतले वृद्धी
    तोलामा एक हजारले घट्यो पहेंलो धातु
    लक्ष्यभन्दा ४४ करोड बढी राजस्व सङ्कलन
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    • २.
      कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु

    • ३.
      हत्याको २० दिनपछि अपराधी सार्वजनिक

    • ४.
      कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल

    • ५.
      काँग्रेसले नेकपाको प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    • ६.
      स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते

    • ७.
      बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.