• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनेलाई रेडक्रस र कोकाकोलाको एक करोड ४० लाख सहयोग

  •  मेन समाचार संवाददाता
  • ४ मंसिर २०७७, बिहीबार १९:०२ प्रकाशित
    Advertisement
    फाइल तस्बिर: गुगल

    काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोला र नेपाल रेडक्रस सोसाइटी को साझेदारीमा कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकको सुरक्षा अभिवृद्धिका लागि विभिन्न अस्पताल र स्वयंसेवकलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान आजदेखि शुरु भएको छ ।

    विभिन्न अस्पतालमा प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीको कूल मूल्य करिब रु एक करोड ४० लाख बराबरको रहेको छ ।

    यस साझेदारीअन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालमा एक/एक भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरिनेछ ।

    यो चरणको सामग्री वितरण अभियान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको समुपस्थितिमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरबाट शुरु गरिएको हो ।

    कोकाकोलासँग समन्वय गरेर दोस्रोपटक सहयोग गरेकामा रेडक्रसको प्रशंसा गर्नुहुँदै मन्त्री ढकालले प्रत्येक प्रदेशका ठूला अस्पतालमा भेन्टिलेटरको व्यवस्था गर्ने योजनाअनुसार उपकरणपुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

    बुधबार सार्वजनिक स्वास्थ्य अध्यादेशले कोभिड महामारीसँगको लडाईंमा सहज हुने अपेक्षा राख्दै हस्तान्तरण समारोहमा मन्त्री ढकालले भने, “विभिन्न अभावकाबीच महामारीसँग लड्नुपर्ने हाम्रो बाध्यतामा सबै सरोकारवालाको साथ र सहयोग प्रशंसनीय रहेको छ ।”

    रेडक्रस र कोकाकोलाबाट उपलब्ध गराइएको सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजकर्णीकारलाई हस्तान्तरण गरे ।

    रेडक्रसका कार्यवाहक अध्यक्ष शर्मिला कार्की, महामन्त्री पीताम्बर अर्याल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल तथा केन्द्रीय सदस्य दीपेन्द्र ढकाल, निर्देशक पवन गुप्ता र कोकाकोलाको तर्फबाट देशीय प्रतिनिधि इरिना कार्की तथा मानव संशाधन निर्देशक हरि शर्मा न्यौपानेको उपस्थिति थियो ।

    आज हस्तान्तरण गरिएका सामग्रीमा सय थान सुरक्षा चस्मा, १२० बाकस सर्जिकल मास्क, १५० थान सुरक्षा पोशाक, ५० बाकस पञ्जा, केएन ९५ मास्क २०० वटा छन् ।

    त्यसैगरी आगामी दुई साताभित्र सात प्रदेशका तोकिएका अस्पतालमा भेन्टिलेटर एक/एक थान सहित ४८ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स एक हजार छ सय थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ४०० र दश हजार जोडी पञ्जा हस्तान्तरण गरिने सो अवसरमा जानकारी दिइयो ।

    ती सामग्री कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ ।

    “रेडक्रससँग कोकाकोलाको साझेदारीले अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री र बिरामीको उपचारका लागि भेन्टिलेटर प्रदान गर्दछ”, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने ।

    रेडक्रस र कोकाकोला नेपालको यो साझेदारी कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न तथा अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीलाई संरक्षण गर्ने एउटा प्रयास भएका नेपाल रेडक्रसकी कावा अध्यक्ष कार्कीको भनाइ थियो ।

    रेडक्रसका महामन्त्री अर्यालले कोभिड रोकथाम तथा न्यूनीकरणका लागि सरकार तथा अन्य सरोकारवालासँगको समन्वयमा काम गरिरहेको बताउँदै कोकाकोलासँगको साझेदारीमा पनि अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी र कोभिड उपचारको सेवा लिन आउने मानिसलाई सेवा पु¥याउने खालका सामग्री सहयोग गरिएको बताए ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान
    जो दोहोरिएर चुनाव लड्दा पराजित भए
    दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.