• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

मन्त्री श्रेष्ठले भन्छन् , ‘बालविवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक’

  •  मेन समाचार संवाददाता
  • ५ मंसिर २०७७, शुक्रबार ०७:३८ प्रकाशित
    Advertisement
    फाइल तस्बिर: गुगल

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले बालविवाह अन्त्य गर्न विद्यमान कानूनलाई प्रभावकारी कार्यान्वयन गरिने बताएका छन् ।

    अन्तर्राष्ट्रिय बालदिवस–२०२० का अवसरमा बालअधिकारको बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बाल अधिकारका लागि राष्ट्रिय मञ्च, जागृति बाल तथा युवा सरोकार नेपाल र क्रिड्याक संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय बालकचहरी संवादमा मन्त्री श्रेष्ठले आफूले नागरिक समाजसँग मिलेर काम गरी बालविवाहको अन्त्य र बालअधिकारको प्रवद्र्धनमा योजनाबद्ध कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

    उनले नेपाल सरकारले हालै तेजाब आक्रमणकारीविरुद्ध अध्यादेश ल्याएको र विद्यमान अन्य कानूनको प्रभावकारी कार्यान्वयन गरी बालविवाह अन्त्य गराउने जनाए ।

    हाल नेपालमा करिब १२ प्रतिशत बालविवाह हुने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ ले २० वर्षभन्दा कम उमेरमा बाल विवाहलाई अवैध मानिएको छ । यस्तो कार्य गर्ने र गराउनेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना व्यवस्था गरिएको छ ।

    अधिकारकर्मी गौरी प्रधानले विगतको तुलनामा यो प्रतिशत घट्दो भए पनि कानूनको कार्यान्वयन र सचेतनाका कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्ने बताए ।

    बालअधिकार परिषद्का सदस्य विमला ज्ञवालीले सरकारी र गैह्रसरकारी संस्थाको सहकार्यमा बालअधिकारको रक्षा गर्नुपर्नेमा जोड दिइन् ।

    बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोत्तम पौडेलले २१औँ शताब्दीमा पनि बाल अधिकारको क्रम जारी रहेकाले यसका विरुद्ध सामाजिक अभियान सञ्चालन गर्नुपर्ने बताए ।

    कार्यक्रममा बाँकेका बालिका प्रतिनिधि, कार्तिका आचार्यले संस्थाहरु र किशोरीको सामूहिक पहलका कारण पछिल्लो समयमा बालविवाह कम हुँदै गएको बताइन् ।

    उक्त अभियानात्मक कार्यक्रममा गुडनेभर्स इन्टरनेशनल नेपाल, वल्डभिजन इन्टरनेशनल, प्लान इन्टरनेशनल, सेभ द चिल्डे«न र क्यानालानको सहकार्य तथा एनएसिजी नेपाल, राष्ट्रिय बाल संरक्षण सञ्जाल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, शिक्षा निगरानी समूह, यात्रामा रहेका बालबालिकाको अधिकार संरक्षण अभियान, शिक्षा पत्रकार समाज, समाहित शिक्षा मञ्च नेपाल र सिनेट नेपाललगायतको ऐक्यबद्धता रहेको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै
    गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो
    लण्डनमा शिक्षामन्त्री पौडेल
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो

    • २.
      धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

    • ३.
      बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    • ४.
      निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थाले

    • ५.
      मकवानपुरमा लागूऔषधसहित तीनजना पक्राउ

    • ६.
      गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो

    • ७.
      डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ३.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    • ४.
      नेपाल ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

    • ५.
      गठबन्धनलाई हराउँदै एमालेको जित घिरिङ गाउँपालिकामा

    • ६.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • ७.
      झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.