• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

कोभिड–१९ विरुद्धको जनचेतनामा जुट्न सुझाव

  •  मेन समाचार संवाददाता
  • ६ मंसिर २०७७, शनिबार २०:३३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनका बेलाजस्तै जनताका घरदैलामा पुगेर कोभिड–१९ विरुद्धको जनचेतनाको अभियानमा जुट्न सुझाव दिएका छन् ।

    राष्ट्रियसभाको संयोजन र विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा वाग्मती प्रदेशका सांसदका लागि आयोजित ‘कोभिड–१९ महामारी जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदको भूमिका’ विषयको कार्यक्रममा उनले चिकित्सकलाई मात्र जिम्मेवारी दिएर सङ्क्रमण नहट्ने हुँदा यो अभियानमा एकाकार हुन जनप्रतिनिधिलाई आह्वान गरे ।

    उनले भने, “चुनावमा भोट माग्न गरिएझैँ कोरोनाबाट बच्नका लागि भौतिक दूरी कायम गर्न, स्यानिटाइजर गर्न तथा मास्कको प्रयोग गर्न जनप्रतिनिधिले गाउँगाउँ पुगेर जनतालाई दुई हात जोडेर जनचेतनाका लागि अनुरोध गर्नुपर्छ ।”

    सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनचेतना अभिवृद्धि गर्ने तथा नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने सबै तहलाई एउटै ठाउँमा भेला गरेर गरिने यस्ता जनचेतनामूलक कार्यक्रम महामारी नियन्त्रणका लागि निकै फलदायी भएको बताए ।

    उनले भने, “कोरोना संसारकै लागि नयाँ भएकाले यसका विरुद्ध लड्दै, जानकारी हासिल गर्दै यसका प्रभावबाट पाठ सिकेर अघि बढ्ने प्रयास भइ्हेको छ । सामथ्र्यका आधारमा समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको छ । उपचार र बिरामीप्रति सरकार उत्तिकै जिम्मेवार छ ।”

    वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कोरोनाको महामारी रोक्न साझा अभियान र कार्ययोजनाका प्रभावकारी टोली बनाएर काम गर्न आवश्यक रहेको बताए ।

    नेपालस्थित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि राजेश पाण्डभले कोरोनाले निम्त्याएको चुनौतीलाई निस्तेज तुल्याउन मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्ने कुरामा जनतालाई सुसूचित गर्न जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    भागरथी हत्या प्रकरणः आरोपित किशाेरमाथि अनुसन्धान गर्न पाँच दिनकाे म्याद थप
    प्रदेश २ को प्रदेश सभा बैठक अन्यौलः आज हुने बैठक २ गतेका लागि सारियो
    काँग्रेसले बोलायो संसदीय दलको बैठक
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      नेकपा विवाद यथाशीघ्र टुंगो लगाउन पाँच पूर्वप्रमुख आयुक्तहरुको आग्रह (बक्तव्यसहित)

    • २.
      भागरथी हत्या प्रकरणः आरोपित किशाेरमाथि अनुसन्धान गर्न पाँच दिनकाे म्याद थप

    • ३.
      लक्ष्यभन्दा ४४ करोड बढी राजस्व सङ्कलन

    • ४.
      प्रधानमन्त्री पाए नभाग्ने देउवाको घोषणा, प्रतिपक्षबाट डगमगाउन नहुने पौडेलको अडान !

    • ५.
      सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक निश्कर्षनजिक !

    • ६.
      कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

    • ७.
      भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ६.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ७.
      ओलीको हरेक कदममा साथ दिएकै कारण राष्ट्रपति भण्डारी विवादमा

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.