• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

अझै उस्तै छ ‘बालश्रम’

  •  मेन समाचार संवाददाता
  • ७ मंसिर २०७७, आईतवार १०:५० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर: गुगल

     काठमाडौं । बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ ।

    बालश्रमप्रति अझै पनि समाजमा चेतना नपुगेको तथा बालश्रमलाई सामाजिकरूपमा स्वीकार गरिएको, बालबालिकाका लागि सहयोगको कार्यक्रमको अभावलगायतका कारणसमेतले कतिपय क्षेत्रमा बालश्रम व्याप्त रहेको देखिएको छ ।

    दशकौँदेखि नेपालमा बालश्रमविरुद्ध चेतना, जागरण र सहयोगका कार्यक्रम सरकारी र विकासका साझेदार संस्थाबाट भए पनि सामान्यतयाः रोजगारीको अनौपचारिक क्षेत्र (रेष्टुरेन्ट, यातायात, निर्माण, कृषि, साना तथा घरेलु उद्योग, गलैँचा कारखाना, जरी कारखाना, इँटाभट्टा, आदि) लगायत घरेलु श्रममा पनि बालबालिकालाई संलग्न गराइएको देखिएको छ ।

    आर्थिक वर्ष २०७६/७७ मा विभिन्न राष्ट्रिय दैनिक पत्रिका र विद्युतीय सञ्चारमाध्यमबाट प्रकाशित घटनामध्ये बालबालिकालाई विभिन्न काममा लगाएका २३ वटा घटनाबाट ७९ बालबालिका (बालक ५७ र बालिका २२) प्रभावित भएको राष्ट्रिय बालअधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए ।

    परिषद्का अनुसार अधिकांश बालबालिका (६७ जना) पढाइ खर्च जुटाउन विभिन्न काममा संलग्न भएको र नौ जना घरेलु तथा होटलमा एवं तीन जना सार्वजनिक यातायातमा संलग्न भएको घटना सार्वजनिक भएको पाइएको छ । दश वर्ष वा सोभन्दा मुिनको १० बालबालिकासमेत काममा संलग्न रहेको जानकारी रहेको छ ।

    केन्द्रीय तथ्याङ्क विभागबाट गरिएको नेपाल श्रमशक्ति सर्वेक्षणमा २०७६ बाट १७ वर्षमुनिका करिब दुई लाख ८६ हजार बालबालिका आर्थिकलाभको कार्यमा संलग्न भएको पाइएको छ ।

    नेपालको संविधानको धारा ३९ को उपधारा ४ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन बन्देज लगाइएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ ले १८ वर्षमुनिका व्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ ।

    नेपालको राष्ट्रिय जनगणना, २०६८ अनुसार एक लाख चार हजार ७१४ बालबालिका (बालक ५६ हजार २६७ र बालिका ४८ हजार ४४७) कामकाजमा संलग्न रहेका छन् ।

    केन्द्रीय तथ्याङ्क विभागबाट सम्पादन गरिएको नेपाल बहुक्षेत्रीय क्लस्टर सर्वेक्षण, २०७१ (सन् २०१४) अनुसार पाँचदेखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा
    धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !
    फागुन २६ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण

    • २.
      अफगान सेना र तालिवान लडाकुबीच भिडण्त, ८ प्रहरी र ५ तालिवान लडाकुको मृत्यु

    • ३.
      ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

    • ४.
      टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

    • ५.
      संसदलाई पुनःक्रियाशील तुल्याउन योगदान गरेका सबैमा सभामुखको बधाई

    • ६.
      मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

    • ७.
      धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

    • ४.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • ५.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.