काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स सुर्यविनायक शाखाले एघार लाख तीस हजार मृत्यु दाबी भुक्तानी गरेको छ ।
इन्स्योरेन्सका प्रमुुख व्यापार अधिकृत सुनील पोखरेलले भक्तपुर जगातीका बिमित लक्ष्मी भक्त वाङग्योको परिवारलाई उक्त रकमको चेक गरेका हुन् ।
पोखरेलले बिमाको महत्व र यसका मानसिक बुझाइमा रहेका जटिलताहरुका बारेमा प्रकाश पार्दै समबेदना प्रकट गरेका थिए ।
इन्स्योरेन्सकी ए बी एम लोकमाया अधिकारीले बिमा रकम लिने बारे अन्यौलता देखिएको भन्दै बिमाको रकम कसरी प्राप्त गर्न सकिन्छ भन्ने जानकारी गराएकी थिइन् ।
मृतकको परिवारजनले कोरोना सङ्र्क्रमणको बिचमा स्वास्थ्य मापदण्ड पुरा गरी घरमै आएर भुक्तानी दिएकोमा धन्यवाद प्रकट गरे ।
व्लड क्यान्सरबाट मृत्यु भएका विमितले एक किस्ता मात्र बुझाएका थिए । उनले दश लाखको जीवन बिमा गरेका थिए ।