• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

सामाजिक सुरक्षा योजना : परिमार्जनको तयारी, आवश्यक परेमा झिक्न सकिने

  •  मेन समाचार संवाददाता
  • ७ मंसिर २०७७, आईतवार १८:५० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं ।सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढाउन योगदानकर्ताको चाहनाअनुसार केही योजना परिमार्जनको प्रस्ताव गरेको छ ।

    योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएको दुई वर्ष पुग्न लागे पनि योजनाप्रति सरोकारवालाको सहभागिता न्यून देखिएपछि कोषले योजना परिमार्जन गर्न लागेको हो ।

    सामाजिक सुरक्षाको आधारभूत अवधारणासँगै योगदानकर्ताको चाहनालाई पनि सम्बोधन गर्न योजना परिमार्जनको तयारी अगाडि बढेको कोषले जनाएको छ ।

    कोष सञ्चालक समिति सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा कार्यकारी निर्देशक, कानून मन्त्रालय, ट्रेड युनियन तथा रोजगारदाताको प्रतिनिधित्व रहेको उपसमिति गठन गरी योजना परिमार्जनको तयारी गरिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

    उपसमितिले रोजगारदाता र श्रमिकको कुल ३१ प्रतिशत योगदानमध्ये वृद्धअवस्था सुरक्षा योजनाअन्तर्गतको २८.३३ प्रतिशत रकमलाई ‘ब्रेकडाउन’ गरी २० प्रतिशतबाट पेन्सन र बाँकी ८.३३ प्रतिशतबाट अवकाश सुविधा दिने प्रस्ताव गरेको छ । यसबाट ६० वर्ष उमेर नपुगेका योगदानकर्ताले रोजगारीमा संलग्न नभएको अवस्थामा ८.३३ प्रतिशतबाट उपदान/अवकाश सुविधा प्राप्त गर्न सक्नेछन् ।

    योगदानकर्ताले ६० वर्ष पुगेपछि २० प्रतिशतबाट पेन्सन सुविधा प्राप्त गर्न सक्नेछन् ।

    योगदानकर्ता रोजगारीबाट विमुख भएपछि पेन्सनका लागि ६० वर्षसम्म कुर्नुपर्ने गुनासोलाई सम्बोधन गर्न सो व्यवस्था गर्न लागिएको हो ।

    “बीस प्रतिशतबाट आयको निरन्तरता होस् भन्नका लागि योगदानकर्ता ६० वर्ष पुगेपछि पेन्सनका रुपमा आर्थिक सहायता पाउनेछन्”, उनले भने, “बाँकी ८.३३ प्रतिशतलाई अवकाश सुविधा योजना अन्तर्गत राख्न लागिएको हो । यदि योगदानकर्तालाई बीचैमा रकम आवश्यक परेको खण्डमा सापटीका रुपमा पनि झिक्न पाउने र रोजगारीबाट अलग भए पनि सो रकम झिक्न पाउनुहुनेछ ।”

    कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाबाट योगदानकर्ताले सञ्चित रकममध्येबाट आवश्यकता परेको खण्डमा केही रकम झिक्न पाउने अभ्यास प्रचलनमा छ ।

    यस्तै औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा पनि सामान्य परिमार्जनको प्रस्ताव गरिएको छ ।

    कोषमा योगदान गर्न शुरु भएको तीन महिना पछाडिदेखि योगदान गर्न छाडेको तीन महिनासम्म यो योजना लागू हुने व्यवस्थालाई परिमार्जन गरी ६० वर्षपछि पेन्सन सुविधामा बसेको योगदानकर्तालाई ७० वर्षसम्म पनि औषधि उपचार स्वास्थ्य सुविधा दिन प्रस्ताव गरिएको छ । यसैगरी योगदानकर्ता प्रसूति भएपछिको ६ हप्तासम्मको उपचार खर्च दिन प्रस्ताव गरिएको छ । आइएलओ अभिसन्धि, अन्तर्राष्ट्रिय प्रचलनअनुसार यसलाई समायनुकूल बनाउन लागिएको हो ।

    यसअघि गर्भावस्थाको परीक्षण तथा तीन महिनासम्मको शिशुको उपचार खर्च मात्र कोषले व्यहोर्ने व्यवस्था थियो । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रोजगारीका शिलसिलामा विदेशी योगदानकर्ताको मृत्यु भएको अवस्थामा एकमुष्ट रकम लिन सक्ने प्रस्ताव गरिएको छ ।

    प्रस्तावित योजनाले लामो समयदेखि श्रमिकले माग गर्दै आएको विषयलाई धेरै हदसम्म सम्बोधन गर्ने कोषका प्रवक्ता पन्थी बताउँछन् ।

    उपसमितिले तयार गरेको प्रस्ताव कोष सञ्चालक समितिले अनुमोदन गरी स्वीकृतिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइने उनले जानकारी दिए ।

    “प्रस्तावित योजनाका बारेमा उपसमितिमा अन्तिम छलफल भइरहेको छ, सञ्चालक समितिले अनुमोदन गरी स्वीकृतिका लागि मन्त्रालयमा जान्छ”, उनले भने, “मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भए पछि नयाँ योजना लागू हुन्छ ।”

    यही मङ्सिर ११ गतेभित्र प्रस्तावित योजनाले मूर्तरुप पाउने गरी तयारी अगाडि बढाइएको कोषले जनाएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    थाहा पाउनुहोस् आजको विदेशी मुद्राको विनिमयदर
    वित्तीय स्रोतको अभाव भइरहेका बेला यी वाणिज्य बैंकहरूले नाफा कमाए
    यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

    • २.
      आगलागीबाट घर जलेर नष्ट लमजुङमा

    • ३.
      केन्याबिरुद्द नेपाली टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

    • ४.
      आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज

    • ५.
      अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड

    • ६.
      सुर्खेतमा १३२ केभी लाइन विस्तारमा समस्या

    • ७.
      एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधरः प्रदीप ज्ञवाली

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक किन रिलिज हुँदैछ

    • ३.
      मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

    • ४.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ५.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ६.
      हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

    • ७.
      हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.