• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

सञ्चारमाध्यम आवाजविहीनको आवाज बन्नुपर्छ : मुख्यमन्त्री गुरुङ

  •  मेन समाचार संवाददाता
  • १० मंसिर २०७७, बुधबार १६:३३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमले आवाजविहीन जनताको आवाजलाई सशक्तरुपमा उठाउनुपर्ने बताएका छन् ।

    पोखराबाट आजदेखि प्रसारण शुरु गरेको ‘एभरेष्ट एफएम’ को सेवा शुभारम्भ कार्यक्रममा उनले सञ्चारमाध्यमले सरोकार भएकालाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।

    प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सरकारका गतिविधिलाई जनतासम्म लैजान र कमीकमजोरी सच्याउन पत्रकारिताको माध्यमबाट सञ्चारमाध्यमले सघाउने विश्वास व्यक्त गरे ।

    प्रदेशका सञ्चारमाध्यमको सवलीकरणका लागि सरकाले लोककल्याणकारी विज्ञान उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

    नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोरोना महामारीका कारण विश्वभरका सञ्चारमाध्यम अहिले सङ्कटको अवस्थामा रहेको प्रतिकूल समयमा अनुकूलता देखेर एभरेस्ट एफएम अगाडि बढ्नु प्रशंसनीय रहेको बताए ।

    नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले अनुभवी पत्रकारको समूहले शुरु गरेको एभरेस्ट एफएम चाँडै नै गण्डकीवासी जनतामा लोकप्रिय बन्ने विश्वास व्यक्त गर्दै दिगोरुपमा मिडिया सञ्चालन ल्याउन ध्यान आग्रह गरे ।

    न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष गङ्गाधर पराजुलीले एफएम पत्रकारिताको क्षेत्रमा उदाहरणीय बन्न सकोस् भन्दै शुभकामना व्यक्त गरे।

    एभरेस्ट मिडिया हाउसले यसअघि एभरेस्ट आवाज डटकम सञ्चालनमा ल्याइसकेको छ ।

    विश्वव्यापी महामारीका कारण दुई दशकदेखि सञ्चारकर्ममा लागेका सञ्चारकर्मीको रोजगारी गुमेपछि पोखराका अनुभवी तथा युवा उद्यमीसँगको सहकार्यमा सञ्चालनमा आएको प्रालिले एफएम रेडियो, अनलाइन न्यूज पोर्टल सञ्चालनमा ल्याइसकेको छ ।

    चाँडै यूटूब च्यानल टिभी एभरेस्ट सञ्चालनमा ल्याइने प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले बताए ।

    ‘सधैँ सँगै’ मुख्य नारा बनाएको एभरेस्ट एफएम एक हजार वाट क्षमताको रहेको र ९३ मेगाहर्जमा सुनिने र एफएम आवाजविहीनको आवाज बनाउने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
    विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्
    एउटै जिल्लाबाट दुई मन्त्री
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.