• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

एकै दिन तीन मोटरेवल पुल शिलान्यास

  •  मेन समाचार संवाददाता
  • ११ मंसिर २०७७, बिहीबार १३:५२ प्रकाशित
    Advertisement
    Advertisement

    पाेखरा । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिकामा तीन मोटरेवल पुल एकैसाथ शिलान्यास गरिएको छ ।

    प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मादी –४ र ११ जोड्ने इदिखोलामाथिको पुल, वडा नं ११ र १० जोड्ने मकैखोला तथा वडा नं ९ र १० जोड्ने बार्दीखोलामाथिको मोटरेवल पुल शिलान्यास गरेका हुन् ।

    मुख्यमन्त्री गुरुङले बुधबार शिलान्यास गर्दै अब बन्ने पुल मध्यपहाडी क्षेत्रको समृद्धि र विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै निर्माणको गुणस्तरीयता कायम राखी निर्धारित समयमै सम्पन्न गर्न सम्बद्ध सबै पक्षको जागरुकता आवश्यक हुने बताए ।

    ती पुलमध्ये इदीखोला र वार्दीखोलाका दुई पुल राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत पर्छन् । करीब एक हजार ७०० किलोमिटर लम्बाइको लोकमार्गले मुलुकका छ प्रदेशलाई जोड्छ ।

    पहाडी क्षेत्रको कृषि उत्पादन, पर्यटन प्रवद्र्धन, जलविद्युत् उत्पादनमा समेत ती पुल सहयोगी बन्ने छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा १५० भन्दा बढी मोटरेवल पुल निर्माण भइरहेको जनाइएको छ ।

    “लोकमार्ग सामाजिक, सांस्कृतिक भावना जगाउँदै राष्ट्रिय एवं भौगोगिक एकतालाई समेत कायम गर्ने एउटा आधार बन्छ”, मुख्यमन्त्री गुरुङले भने, “यसको निर्माणमा स्थानीय बासिन्दासहित तीनै तहका सरकार कटिबद्ध भएर लाग्नुको विकल्प छैन ।”

    भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी प्रदेश पूर्वाधार विकास कार्यक्रमद्वारा एक वर्षभित्र निर्माण सम्पन्न गरिने पुलमध्ये वार्दीखोला मोटरेवल पुलको चार करोड ५२ लाख ७२ हजार ४५४, इदीखोला पुलको चार करोड ४२ लाख १७ हजार ६३ र मकैखोला मोटरेवल पुलको दुई करोड ३२ लाख ६९ हजार ३५२ को लागत अनुमान छ ।

    सो अवसरमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समृद्धिको आधारका रूपमा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा स्थानीय बासिन्दाका साथै तीन तहका सरकारको सक्रियता औँल्याउँदै वीर पुर्खाको गौरवशाली योगदानलाई उच्च मूल्याङ्कन गर्दै यस क्षेत्रमा पर्ने कोलासोथरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिनुपर्ने माग गरे ।

    गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले विकासको मेरुदण्डका रूपमा रहेको सडक निर्माण प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताए ।

    पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ग्रामीण क्षेत्रमा निर्माण गरिने सडक स्थानीय बासिन्दाको आयआर्जनसँग जोडिनुपर्ने बताए ।

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले मादी करिडोर मध्यपहाडी लोकमार्गमा परिणत भएको बताए । प्रदेशसभा सदस्य मनबहादुर गुरुङले मादी गाउँपालिकालाई जोड्ने विभिन्न स्थानमा दुई पुल निर्माण सम्पन्न भएको र सात पुल निर्माणाधीन रहेको जानकारी दिए ।

    मध्यपहाडी लोकमार्ग कास्की, पर्वत र बागलुङ खण्ड आयोजना प्रमुख मेघराज मरासिनीले इदीखोला र वार्दीखोलामा निर्माण गरिने मोटरेवल पुल लोकमार्गको मापदण्डमा रहेको बताउँदै यस क्षेत्रअन्तर्गतको ७५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

    सो क्षेत्रअन्तर्गतको रुदी–भैँसे खण्डको १६ किलोमिटर सडकखण्डको ठेक्का अन्तिम चारणमा पुगेको छ । मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले मध्यपहाडी लोकमार्ग गण्डकी प्रदेशको राजधानी पोखरासँग जोडिने हुँदा मोटरेवल पुलले क्षेत्रको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरे।

    भौतिक पूर्वाधार मन्त्रालयका दिनेश घिमिरे, मादी–१० का वडाध्यक्ष कुलप्रसाद गुरुङलगायतले पुल निर्माणसँगै यस क्षेत्रको समग्र विकाससँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    थप ११२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
    १३ बर्षीया बालिका बलात्कार गर्ने अभियुक्तलाई १८ वर्ष कैद फैसला
    काठमाडौँको तारकेश्वरमा पुनः देखियो बर्डफ्लु, १५ हजार कुखुरा नष्ट
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

    • २.
      थप ११२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    • ३.
      ३६ जिल्लाका सीडीओकाे सरुवा, को कहाँ पुगे (सूचीसहित)

    • ४.
      १३ बर्षीया बालिका बलात्कार गर्ने अभियुक्तलाई १८ वर्ष कैद फैसला

    • ५.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    • ६.
      देव गुरुङ प्रमुख सचेतकबाट हटाइए, विशाल भट्टराईलाई जिम्मेवारी

    • ७.
      पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ५.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ६.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    • ७.
      रिहा भएका विप्लव नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाटै पक्राउ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.