सउल कोरिया । गायक तथा सर्जक पुरन गुरुङ र शान्ति गुरुङले गुरुङ भाषाको गीत पूर्णेर्बे लैं (पूर्णिमाको जून) बजारमा ल्याएका छन् । गुरुङ संस्कृतिमा बसिने रोधींमा सुख दुःखको साटासाट, मायाप्रेमका भावहरु यस गीतमा समेटिएको छ । समय र आधुनिकताले कोल्टो फेर्दै गर्दा लोपन्मुख रोधींको महत्वसँगै यसको संरक्षण र जगेर्ना गर्नुपर्छ भन्ने सुखद सन्देश गीत मार्फत दिन खोजिएको छ ।
पुरन गुरुङकै शब्द र संगीतमा रहेको यस गीतमा पुरन गुरुङ र शान्ति गुरुङको स्वर रहेको छ। सन्तोष कोन्मेको सम्पादन, क्यामेरामा दावा नोर्बु शेर्पा र दिराग थापा मगर रहेका छन् भने ऐरेन्जर र मिक्सिङको जिम्मा जुजु गुरुङले सम्हालेका छन् ।
यो गीत पूर्णेर्बे लैं’पूर्णिमाको जून’कोन्मे इन्टरटेन्मेन्ट नामक यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
कोन्मे इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति रहेको यस गुरुङ दोहोरी गीतलाई नेपाली भाषामा समेत अनुवाद (सब्टाइटल) छ । कोरियाको सउल स्थित दर्शन नमस्ते रेष्टुरेण्टमा तमू धीं दक्षिण कोरियाका संरक्षक भिम गुरुङ (पर्वत)को प्रमुख आतिथ्यतामा उक्त गीतको विमोचन र भिडियो सार्वजनिक गरिएको थियो ।
पुरन गुरुङ र शान्ति गुरुङको ‘पूर्णिमाको जून’ सार्वजनिक
पुरन गुरुङ र शान्ति गुरुङको ‘पूर्णिमाको जून’ सार्वजनिक

तपाईको प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु