• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

घरायसी कामको जिम्मा महिलाको मात्र हो र !

"दिनभरि घरको कामले फुर्सद नपाउने रुपाको जीवनमा आराम भन्ने छैन । "
  •  मेन समाचार संवाददाता
  • १२ मंसिर २०७७, शुक्रबार १२:१७ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    टीकापुर । दुर्गा देवकोटा कैलालीको टीकापुरकी रुपा विकको घरमा आठ जनाको परिवार छ ।

    चार बालबालिका छन् उनीहरु विद्यालय उमेरका छन् । बाँकी तीन जना रुपाका श्रीमान्, देवर र ससुराले घरको काम छुनै मान्दैनन् । दिनभरि घरको कामले फुर्सद नपाउने रुपाको जीवनमा आराम भन्ने छैन । उनका आफ्ना सपना त परै जाओस्, घरको काममा कहिलेकाहीँ परिवारले सघाइदिए हुन्थ्यो भन्ने आशासमेत पूरा हुन सकेको छैन । “बिहान ४ बजेदेखि घरको काम थाल्छु, रातिको १० बजेमात्र सकिन्छ”, रुपाले भन्नुभयो, “तर श्रीमान् र ससुराले कुरा गर्दा काम छैन, घरमै बस्छिन्, खान्छिन् भन्छन्, यस्तोबेला निकै पीडा हुन्छ ।” रुपाले गाईभैँसी पालेका छन् ।

    उनले दूध बेचेको आम्दानी पनि श्रीमान्ले राख्नुहुन्छ । “मैले दिनभरि काम गरे पनि आवश्यक खर्च मसँग हुँदैन”, उनले भने, “मेरो कमाइमा पनि मेरो अधिकार छैन । म घरको काम गर्ने, बच्चा जन्माउने व्यक्तिजस्तै भएकी छु । पकाएर सबैको स्वाद पूरा गर्छु तर आफ्ना सपना सबै मारेकी छु ।” रुपाजस्तै, धनरुपा जैसीको घरमा पनि यस्तै छ । छोरा मानिसले काम गर्न हुँदैन भन्ने गलत अभ्यास उहाँको घरमा पनि छ ।

    धनरुपाका घरमा श्रीमान्सहित चार जना छोरा छन् तर उनीहरु आफ्ना लुगासमेत धुदैनन् । “घरमा काम केही गर्दैनन्, पुरुषको काम पैसा कमाउने हो घरको काम गर्ने होइन भन्छन्”, धनरुपाले भन्नुभयो, “पानी पनि मुखनिरै लगेर दिनुपर्छ । यसरी सेवा गर्न कहाँ सकिन्छ ? तर बाध्यता छ । घरबार बिगार्नु छैन । सहेर बसेकी छु ।” महिला र पुरुष एक रथका दुई पाङ्ग्राजस्तै हुन् । दुवै मिलेर काम गरे मात्र सफल जीवन जीउन सकिन्छ ।

    दम्पतीबीच हरेक कार्यमा सहकार्य हुनुपर्ने हो । यसो नहुँदा घर संसार चलाउन समस्या सिर्जना हुने गरेको अधिकारकर्मी महिला बताउँछन् । “घर चलाउन दुवैको समान महत्व हुन्छ, तर हाम्रो समाजमा यो काम पुरुषले गर्ने, यो काम महिलाले गर्ने भनेर एक प्रकारको गलत सिमाना थोपरिएको छ”, अधिकारकर्मी नयनतारा श्रेष्ठले भन्नुभयो, “ यसले महिलामाथि हिंसा बढाएको छ । महिलाको प्रगतिमा बाधा पुगेको छ ।

    त्यसैले त सबै विभेद अन्त्यको शुरुआत घरबाटै गरौँ भनिएको हो ।” युगले कैयौं कोल्टे फेरिसक्दा पनि किन महिलाहरूको भागमा भातभान्सा र चुलोचौका नै परिरहेको छ ? गृहिणी महिलाको त कुरै छोडौं, किन पुरुषसरह घरबाहिरको काममा खटिने र समानस्तरमा काम गर्ने ‘जागिरे’ महिलाहरू पनि घरभित्रको कामको भारी आफ्नो मात्रै थाप्लोमा बोक्न विवश छन् ? “नेपाली समाजमा प्रायः घरभित्रको काम महिलाहरूकै जिम्मा हो भन्ने सोचाइ छ र पुरुषहरूले खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने गरे इज्जत जान्छ भन्ने मानसिकता छ ।

    तर यो मानसिकतालाई भत्काउने हिम्मत गर्नु त परकै कुरा भयो, झनै यसलाई जोगाउने र उकेरा दिने काम महिलाबाटै भइरहेको हुन्छ”, अधिकारकर्मी श्रेष्ठले भन्नुभयो, “ हामीले घरबाहिर निस्केर पुरुषसरह पढ्ने, जागिर खाने हिम्मत त ग¥यौं तर घरभित्रका कामको बाँडफाँट गर्ने हिम्मत अझै गर्न सकेका छैनौं । घरका पुरुष सदस्यलाई हामी भान्साको काम गर्न दिन चाहँदैनौं । कसैले आफूखुसी भान्साको काम गर्न खोज्यो भने पनि भन्छौं, त्यहाँ फोहोर भयो, त्यहाँ पानी पोखियो, त्यो यस्तो भयो, त्यो उस्तो भयो, भैगो म आफैं गर्छु… ।” गृहिणी महिलालाई भन्दा कामकाजी महिलालाई घर र नोकरीबीचको तालमेल मिलाउनुपर्दा बढी बोझ हुने गरेको शिक्षिका ललिता शाहीले बताउनुभयो ।

    “आर्थिक व्यवस्थापनलगायत घरको अन्य कामकाजमा पुरुषको सहयोग भए पनि घरको काम, भान्साको काम, सरसफाइ, चाडबाडका समयमा पुरुषले भन्दा पाँच गुना बढी महिला खट्निुपर्छ”, उहाँले भन्नुभयो, “घरपरिवारबाटै महिलालाई सहयोग गर्नुपर्छ ।

    महिला खुशी भएमात्र घरमा शान्ति हुन्छ ।” समाज विस्तारै परिवर्तन हुँदैछ । विगतलाई हेर्ने हो भने अहिलेको पुस्ता पहिलेभन्दा परिवर्तन हुँदै गएको देखिन्छ । पहिलेभन्दा घरका अन्य कामकाजमा सहयोग गर्ने पुरुष पनि बढेका छन् ।

    दूरसञ्चार कार्यालय टीकापुरमा कार्यरत ढुण्डीराज खरेलले स्वास्थ्यकर्मी रहेकी श्रीमतीसँगै काममा साझेदारी गर्नुहुन्छ । खरेलकी श्रीमती तारा खरेल स्वास्थ्यकर्मी हुनुहुन्छ । टीकापुर अस्पतालमा कार्यरत श्रीमतीको घरमा आफ्नै निजी क्लिनिक पनि छ ।

    “म निकै व्यस्त हुन्छु । अस्पतालमा शल्यक्रिया कक्षमा ड्युटी हुन्छ । निकै थाकेर आउँछु घर आउँदा श्रीमान्ले खाना पकाइसक्नु भएको हुन्छ”, ताराले भनिन् , “उनले भान्छामा चुलो बाल्ने, बच्चा हुर्काउने काममा सघाउने मात्र होइन लुगा धुने, घर सफा गर्ने सबै काम गर्नुहुन्छ । हाम्रो घरमा कुनै विभेद छैन ।” दुबै जना मिलेर काम गरेका कारण आर्थिक र सामाजिकरुपमा सफल भएको ढुण्डीराजको भनाइ छ ।

    “हामीले मिलेर घरको काममा सहकार्य गरेका कारण सफल भएका हौँ । दुई छोरा डाक्टर पढाउन सक्यौँ, बुहारी पनि डाक्टर छिन्”, उनले भने, “आफैँले काम गर्दा आर्थिक बचत हुनुका साथै स्वास्थ्य राम्रो भयो । श्रीमतीलाई सघाउन के को लाज ? म त गौरव गर्छु ।

    ” दम्पती मिलेर घर चलाउनुपर्छ भन्ने चेतनाको विकास नभएकै कारण घरमा हुने हिंसा घटेको छैन । मिलेर घर चलाउँदा सहज हुन्छ भन्ने बुझाइको विकास हुन आवश्यक रहेको महिला अधिकारकर्मी कमला केसीको भनाइ छ ।

    “कतिपय पुरुषलाई घरायसी काम वा बच्चाको रेखदेखमा सहयोग गर्दा उनीहरूका साथीभाइ अथवा घरका अन्य सदस्यले कुरा काट्छन् भन्ने पिर लाग्छ तर घरमा नसघाएकै कारण खुशी हराइरहेको पत्तै हुँदैन”, उनले भने, “घरमा काम बाँडफाँट गर्ने परिवारबाट अरुले पनि सिक्नुपर्छ ।” रासस)

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    विनोद पोखरेलको सफलताको कथाः पोल्ट्री फार्म संचालकदेखि सफल व्यवसायीसम्म
    ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु
    रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    • २.
      कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु

    • ३.
      हत्याको २० दिनपछि अपराधी सार्वजनिक

    • ४.
      कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल

    • ५.
      काँग्रेसले नेकपाको प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    • ६.
      स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते

    • ७.
      बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.