• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

हलेसीमा अस्थायी कोभिड अस्पताल सञ्चालन

"हलेसी तुवाचुङ नगरपालिकाले पाँच श्ययाको अस्थायी कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । "
  •  मेन समाचार संवाददाता
  • १२ मंसिर २०७७, शुक्रबार १२:५६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले पाँच श्ययाको अस्थायी कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।

    कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न बिहीबारदेखि वडा नम्बर–५ दुर्छिमस्थित स्वास्थ्यचौकीमा विशेषज्ञ चिकित्सक सहितको अस्पताल बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।

    एक नम्बर प्रदेश सरकारको रु दश लाख सहयोगमा सो अस्पताल सञ्चालनमा आएको हो ।अस्पतालको समयावधि सकिएपछि पनि निरन्तरता दिने गरी सञ्चालन गरिएको नगरप्रमुख इवन राईले जानकारी दिनुभयो ।

    “अस्पतालमा कोरोना भाइरसका सङ्क्रमितका साथै सामान्य बिरामीको समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ”, उनले भने, “भिडियो एक्स–रे र ल्याबसहितको सेवा दिने गरी स्थापना गरिएको अस्पताललाई कोरोना सङ्क्रमण निर्मूल भएपछि पनि निरन्तरता दिने योजना बनाएका छौँ ।” डा कृष्ण राउतसहित दुई जना स्टाफनर्स र एक जना कार्यालय सहयोगीले सेवा दिन शुरुआत गरेका छन् ।

    तीन महिनासम्म प्रदेश सरकारको लगानीमा सञ्चालन हुने अस्पताललाई नगरपालिकाले निरन्तरता दिने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । एघार वडा रहेको नगरपालिकामा यसअघि चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रोजगारी तथा विभिन्न काममा बाहिरबाट आएका उनीहरु चारै जना उपचारपछि सङ्क्रमणमुक्त भइसकेका नगरपालिकाले जनाएको छ ।

    दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पाँच श्ययाकै अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो । जिल्लाका अन्य स्थानीय तहमा पनि धमाधम स्थापनाको काम भइरहेको पाइएको छ ।

    त्रिधार्मिकस्थल हलेसीसमेत रहेको उक्त नगरपालिकामा यही मङ्सिर–१५ गते १५ श्ययाको अस्पतालसमेत शिलान्यास गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लगानीमा जिल्लाका छ स्थानीय तहमा अस्पताल निर्माण हुँदैछ ।

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, रावाबेँसी, ऐसेलुखर्क, जन्तेढुङ्गा र साकेला गाउँपालिकामा यस वर्ष अस्पताल बन्ने सांसद विशाल भट्टराईले जानकारी दिनुभयो ।

    जिल्लाको एकमात्र १५ श्ययाको अस्पतालसमेत यसै वर्ष ५० श्ययामा स्तरोन्नति हुँदै छ । करिब रु ५५ करोड लागतमा निर्माण हुने जिल्ला अस्पतालको बोलपत्र आह्वान गर्ने तयारी गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ । विसं २०४८ मा स्थापना भएकोे जिल्ला अस्पताल अहिलेसम्म पनि स्तरोन्नति नहुँदा कतिपय बिरामीलाई भुँइमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।(रासस)

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    विनोद पोखरेलको सफलताको कथाः पोल्ट्री फार्म संचालकदेखि सफल व्यवसायीसम्म
    ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु
    रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    • २.
      कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु

    • ३.
      हत्याको २० दिनपछि अपराधी सार्वजनिक

    • ४.
      कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल

    • ५.
      काँग्रेसले नेकपाको प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    • ६.
      स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते

    • ७.
      बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.