• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

विद्यालयमा दिइने सजायको स्वरूप बदलियो

"विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । "
  •  मेन समाचार संवाददाता
  • १४ मंसिर २०७७, आईतवार १२:२८ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमान्डाैँ  ।  पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ ।

    विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् । पहिले विद्यार्थीलाई लौरोले हिर्काउने, मुर्गा (कुखुरा) बनाउने जस्ता सजाय सामान्य मानिए पनि अहिले शिक्षकमा सजाय नदिइकन पढाउने चेतना विस्तार भएको कतिपयको भनाइ छ तर कैलालीको लम्कीस्थित एक विद्यालयका छात्र अनिल चौधरी कुनै न कुनै बहानामा आफूहरुले शिक्षकबाट सजाय पाउने क्रम जारी नै रहेको बताउनुहुन्छ ।

    “लठ्ठीले पिट्ने काम त गर्नुहुन्न तर कान निमोठ्ने, पिठ्यँुमा हान्ने, आँखा तर्ने, केही समय उभ्याउने काम गर्नुहुन्छ”, अनिल भन्नुहुन्छ, “गृहकार्य नगर्ने विद्यार्थीले यस्ता सजाय दिनहुँ जस्तै पाउँछन् । पिट्ने कार्य नभए पनि अन्य खालको सजाय भने पाइरहका छौँ ।” टीकापुरकै एक सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई पनि विद्यालयमा सजायको स्वरूपमात्र परिवर्तन भएको जस्तो लाग्छ ।

    उनको विद्यालयमा पनि विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर निकालिदिने, अरु साथीको अगाडि बेइज्जत गर्ने जस्ता कार्य शिक्षकबाट भइरहन्छन् । “शिक्षकले राम्रो पढ्ने विद्यार्थीसँग तुलना गर्छन्, कहिलेकाहीँ गल्ती गरेमा सबैको अगाडि भन्ने, प्रशासनमा लगेर गाली गर्ने काम भइरहन्छ”, छात्राको अनुभव छ । शिक्षकले पिट्दा नजानेका कुरा सोध्न गाह्रो हुने, पढ्नै मन नलाग्ने जस्ता अनुभव पनि विद्यार्थीहरु सुनाउँछन् ।

    सरस्वती माध्यमिक विद्यालय बनगाउँकी छात्रा सुस्मिता चौधरीले विद्यालयमा सजाय विनाको वातावरण विद्यार्थीले खोज्न थालेको बताउनुभयो । “कमजोर विद्यार्थीलाई त्यत्तिकै पनि विद्यालय जान मन लागेको हुँदैन, त्यसैमाथि सजाय पाएमा पढाइ छोड्ने जोखिम बढी हुन्छ”, छात्रा चौधरी भन्नुहुन्छ, “पिट्ने वा सजाय दिनुभन्दा कमजोर विद्यार्थी, रिसालु विद्यार्थीका लागि विशेष कक्षाको व्यवस्था हुनुपर्छ ।

    ” विद्यार्थीलाई कुट्नुपर्छ वा म कुट्छु भनेर शिक्षकले सार्वजनिक रूपमा नस्वीकारे पनि विद्यार्थीलाई सजाय नदिने शिक्षक कमै छन् । सरस्वती माविका शिक्षक रामलाल चौधरीले पिटाइ खाने विद्यार्थी शुरुमा कक्षा छोड्ने र विस्तारै पढाइ नै छोड्नसक्ने जोखिम रहेको बताउनुभयो । विगतमा दिइने सजायलाई हेर्ने हो भने अहिले सजाय कम भएको अभिभावकको अनुभव छ ।

    अभिभावक कमला सेठ्ठी करिब १८ वर्ष पहिले विद्यालयमा पढ्दा कक्षामा गृहकार्य नगर्ने, नियमित विद्यालय नआउने र सानो गल्ती गर्दा पनि विद्यार्थीलाई कठोर सजाय दिएको सम्झनुहुन्छ । “शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको, अङ्गभङ्ग भएको घटना मलाई अहिले पनि याद छ”, उहाँ भन्नुहुन्छ, “तर आजभोलि विद्यालयमा कुटेर पिटेर पढाउनेभन्दा सम्झाईबुझाई पढाउने अभ्यास शिक्षकले गरिरहेका छन् ।

    यो विस्तारै परिवर्तन हुँदै गएको छ ।” बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थानमा शारीरिक, मानसिक यातना दिनु कानूनी अपराध हो । युनिसेफले सन् २०१४ मा गरेको सर्वेक्षणअनुसार नेपालमा एक वर्षदेखि १४ वर्ष उमेरसम्मका ८० प्रतिशतभन्दा धेरै बालबालिका अनुशासनका नाममा हुने हिंसाबाट प्रभावित हुने गरेका छन् ।

    नानीबाबुलाई घर, समाज र विद्यालयमा बल प्रयोग गरेर अनुशासनमा राख्नु गलत भएको टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीको भनाइ छ । “विद्यालयमा बालबालिकामाथि गरिने व्यवहारले उनीहरुको जीवनमा नकारात्मक असर पर्छ”, शिक्षा अधिकृत चौधरी भन्नुहुन्छ, “पछिल्लो समय विद्यालयमा दिइने सजाय अन्त्य गर्न शिक्षकलाई बाल मनोविज्ञान, बालमैत्री व्यवहारसम्बन्धी ज्ञान, सीप र तालिम दिन थालेका छौँ ।

    विद्यार्थीलाई सजाय नदिइकन पढाउन सरकारले नीतिगतरूपमै कडाइ गरेको छ ।” चौधरी विद्यालयमा विद्यार्थीलाई शिक्षकले कुटपिट गरेमा वा अन्य कुनै दुव्र्यवहार भएमा विद्यार्थीले गुनासो गर्न सहज होस् भनी सबै विद्यालयमा ‘सुझाव पेटिका’ राख्ने व्यवस्था मिलाइएको बताउनुहुन्छ ।

    “किशोर किशोरी मैत्री स्वास्थ्य कार्यक्रम लागू गरेका छौँ, गुनासो सुन्न शिक्षक तोकेका छौँ”, उहाँले भन्नुभयो, “एक बालक, एक बालिालाई साथी शिक्षक बनाएका छौँ । यसले बालबालिकामाथि विद्यालयमा हुने हिंसा न्यूनीकरणमा सहयोग गर्छ ।”

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा
    खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला
    ठगीजन्य कार्यबाट बच्न सिआइवीेको अनुरोध
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.