काठमाडौं। जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।


