• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

मध्यपहाडी राजमार्गको कास्की खण्डमा कालोपत्रे शुरु

  •  मेन समाचार संवाददाता
  • १५ मंसिर २०७७, सोमबार १३:३८ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर । रासस

    कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल(मध्य पहाडी) राजमार्ग आयोजनाको कास्की खण्डमा कालोपत्रे शुरु गरिएको छ । कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीदेखि माछापुच्छ्रे गाउँपालिका–७ को घट्टेखोला खण्डमा निर्माण कम्पनीले सुइखेतबाट कालोपत्रेको काम आरम्भ गरेको हो ।

    मध्यपहाडी राजमार्ग साविकको पोखरा–बागलुङ राजमार्ग हुँदै जाने भएपछि दुई लेनको पिच सडक भत्काएर विस्तार शुरु गरिएपछि बर्खामा हिलो र हिउँदयाममा धुलोको समस्याबाट आजित बनेका हेमजावासी कालोपत्रेको काम शुरु भएसँगै खुशी भएका छन् ।

    कालोपत्रे गर्न थालनीपछि हेमजावासी, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्णका नागरिकसहित राजमार्ग भएर यात्रा गर्ने साविकको धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

    कास्की खण्डअन्तर्गतको साढे ३७ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर रु दुई अर्ब ९३ करोड ६६ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो ।

    याम्दीदेखि घट्टेखोलासम्मको १२ किमी सडकमा अहिले ‘अस्फाल्ट’ कङ्क्रिट प्रविधिबाट सडक कालोपत्रे गर्न शुरु गरिएको पुष्पलाल(मध्यपहाडी)राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिीनयर अनन्त बरालले बताए ।

    हाल सुइखेतबाट कालोपत्रेको काम अघि बढाइएको छ । उनले भने, “यस खण्डमा विभिन्न कारणले काममा ढिलाइ हुँदा धेरै जनगुनासा आएका थिए । हामीले शनिबारदेखि सडक कालोपत्रे गर्न शुरु गरेपछि विस्तारै गुनासा कम हुँदै जानेछ ।

    यही आर्थिक वर्षभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेका छौँ ।” सुइखेत क्षेत्रबाट अस्फाल्ट कालोपत्रेको काम शुरु भएसँगै तल्लो क्षेत्रमा सडक समथर बनाउन(बेस बिछ्याउने)काम समेत समानान्तररूपमा काम भइरहेको इञ्जिनीयर बरालले बताए ।

    यस आयोजनाको काम गत भदौ समान्तभित्रमै सम्पन्न हुनुपर्ने हो तर निर्माण कम्पनीको ढिलासुस्ती तथा खानेपानी र बिजुलीका पोल स्थानान्तरणलगायतका प्राविधिक समस्याले आयोजनामा ढिलाइ भएको बताइन्छ ।

    निर्धारित समयभित्रमा यस खण्डमा काम नसकिएपछि निर्माण कम्पनीले म्याद थपका लागि सडक विभागसमक्ष आग्रह गरेको बताइन्छ । याम्दीदेखि सुइखेतसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतबाट घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा कामको जिम्मा पाएका थिए ।

    तीन वर्षमा सम्पन्न गर्ने गरी विसं २०७४ मा यस खण्डको निर्माण सम्झौता भएको थियो । यसैगरी घट्टेखोलाबाट कास्की पर्वत सीमा नयाँपुलसम्मको २५ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ ठेक्का सम्झौता गरिएको थियो ।

    यस खण्डमा भने सबै काम सकिएको र सडक हस्तान्तरण गर्न मात्र बाँकी रहेको मध्यपहाडी राजमार्ग आयोजनाले जनाएको छ । राजमार्ग छ लेन (३० मिटर) चौडाइ तथा तीन मिटरको डिभाइडर(मेडियन) तथा दायाँ बायाँ दुई÷दुई मिटरको नाला निर्माण हुनेछ ।

    पहाडी भूगोलका कारण घट्टेखोलाबाट नयाँपुलसम्म भने दुई लेनको हुनेछ । याम्दीबाट घट्टेखोलासम्मको कामको जिम्मा पाएको निर्माण कम्पनी स्वच्छन्द इलाइट जेभीका निर्देशक राजु रानाभाटले विविधि कारणले काममा ढिलाइ भए पनि अब कालोपत्रेको काम निरन्तर अघि बढ्ने बताए ।

    दैनिक २०० देखि २५० मिटर हाराहारीमा अस्फाल्ट कालोपत्रे भइरहेको बताउँदै उनले भने, “केही दिनपछि मौसमले काम १०/१५ दिन रोकियो भने रोकिएला नत्र हामी निरन्तर काम गर्छौं र चैत महिनाभित्रमा सम्पन्न गर्छौं ।”

    आयोजनामा हाल दैनिक २०० मजदुरले काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ । सरकारले मध्यपहाडी लोकमार्गको काम विसं २०६५/०६६ देखि शुरु गरेको हो । नेपाल–भारत सीमा पाँचथरको चियो भञ्ज्याङबाट शुरु भई पश्चिम पहाडी जिल्ला बैतडीको झुलाघाट (महाकाली नदी) सम्म गएर टुङ्गिने यस राजमार्ग एक हजार ८७९ किलोमिटर लामो छ ।

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज
    प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
    कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज

    • २.
      विद्यालय बन्द गरि अनलाइन कक्षा संचालन गर्न सीसीएमसीको सिफारिस

    • ३.
      ‘फ्लोर क्रस’ गर्ने कर्णालीका सांसद एमालेको साधारण सदस्य समेत नरहने गरि निष्कासित

    • ४.
      प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    • ५.
      त्रिकोणात्मक सिरिजः कुशल र आशिफ चम्किँदा नेपाल ९ विकेटले विजयी

    • ६.
      भारतबाट फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण

    • ७.
      कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    • १.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • २.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ३.
      खोटाङमा ‘हिरासत पुस्तकालय’ अभियान

    • ४.
      दोस्रो चरणको खोप वैशाख ७ देखिः कहिले कसको पालो ? खोप केन्द्र कहाँ ?

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      प्रदेश सरकार संकटमा परेपछि गण्डकीका मुख्यमन्त्री गुरुङ काठमाडौँमा

    • ७.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.