• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

नेपालका ७७ वटै जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

  •  मेन समाचार संवाददाता
  • १५ मंसिर २०७७, सोमबार १८:३७ प्रकाशित
    Advertisement

     

    काठमाडौँ । नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको छ ।

    नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो ।

    मोबाइल सेवाको विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक र धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता भने हुन नसक्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन् ।

     

    सबै जिल्लामा फोरजी विस्तारसँगै गुणस्तरको विषयमा धेरै ग्राहकले गुनासो गर्ने गरेको भन्दै टेलिकमले फोरजी प्रयोग हुने मोबाइल सेटको प्रयोगमा समेत ध्यान दिन टेलिकमले आग्रह गरेको छ । टेलिकमले आज एक सूचना प्रकाशन गर्दै फोरजी सेवा प्रयोगकर्ता ग्राहकले नयाँ मोबाइल सेट खरिद गर्नुअघि एक हजार ८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्यान्डका बारेमा जानकारी राखी दुवै ब्यान्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गराई खरिद गर्न अनुरोध गरेको छ ।

    टेलिकमको फोरजी सेवा एक हजार ८०० मेगाहर्ज (ब्यान्ड ३०) र ८०० मेगाहर्ज (ब्यान्ड २००) मा उपलब्ध गराउँदै आएको छ । ‘तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भूगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा एक हजार ८०० मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा उपलब्ध हुन्छ । फोरजी मोबाइल सेवाका कुनै पनि प्रयोगकर्ता एउटा ब्यान्डको फैलावट क्षेत्रबाट अर्को ब्यान्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र एक हजार ८०० मेगाहर्ज दुवै ब्यान्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ’, टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले एक हजार ८०० मेगाहर्ज ब्यान्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भए पनि केही मोबाइल सेटले ८०० मेगाहर्ज ब्यान्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको टेलिकमले जनाएको छ । दुवै ब्यान्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसक्दा कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गमा पर्न गएको टेलिकमले स्पष्ट पारेको छ ।

    फोरजी सेवाका ग्राहकवर्गले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिने भन्दै मोबाइल सेटको सेटिङमा गएर मोबाइल नेटवर्कको अप्सनभित्र टुजी देखि फोरजीसम्मको विकल्प छनोट गर्न आग्रह गरेको टेलिकमले जनाएको छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
    तोलामा तीन सयले घट्यो सुनको मूल्य
    प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      CMT Thrive Summit Dating With A Disability HNF

    • २.
      Shailene Woodley Reacts To Aaron Rodgers Dating Mallory Edens

    • ३.
      Wicca, Pagan, Goddess Info Wiccan Supplies Celtic Connection

    • ४.
      5 Ways To Block Adult Sites

    • ५.
      17 Waiters And Bartenders Share The Story Of The Most Awkward Date They’ve Served

    • ६.
      कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?

    • ७.
      ‘एमाले त ढुंगामाथि बसेर मुर्चुङ्गा बजाएर आनन्द लिईरहेको छ’ : केपी शर्मा ओली

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      यात्रु अभावले उडान बन्द

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.