• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

प्याराग्लाइडिङ दुर्घटनाका कारण

  •  मेन समाचार संवाददाता
  • १५ मंसिर २०७७, सोमबार २१:१४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    पाेखरा  । कोरोना भाइरस महामारीका बीच पनि आन्तरिक पर्यटकले असाध्यै रुचाएको प्याराग्लाइडिङ भीड सराङकोटको डाँडोमा धानीनसक्नु भइरहेको छ ।

    यस्तो अवस्थामा कात्तिक ८ गते भएको प्याराग्लाइङिले दुर्घटनाले आकाशमा उड्न चाहानेहरुलाई त्रसित बनाएको छ । पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुई दशक (१९९९) नाघिसकेको छ ।

    यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । यस अघिका दुर्घटनामा सोलो (एकल) उडानका वा प्रशिक्षार्थी पाइलटहरु दुर्घटनामा पर्ने गरेका थिए तर यसपालि भने अनुभवी टेन्डम पाइलटले नै ज्यान गयो ।

    गत सोमबारको दुर्घटनामा परेका प्यारा पाइलट राजु गैरे नेपाली (३८) आफैंमा अनुभवी पाइलट भएका उनका सहकर्मीहरु बताउँछन् । विगत आठ वर्षदेखि पोखराको आकाशमा उडिरहेका हिमालय स्काइ एडभेन्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं प्यारापाइलट माधव तिवारीले पाइलटले आफ्नो अनुशासन र उडानका नियम बाहिर जाँदा दुर्घटना हुने बताउनुभयो ।

    उनले भने, “सामान्य अवस्थामा दुर्घटना हुँदैन, कहिले काही मौसमको खराबी हुन सक्छ, नत्र उडान सुरक्षित नै हुन्छ । उडानको समयमा के गर्ने के नगर्ने नियमहरु हुन्छन् । ओभर कन्फिडेन्स भएर नियम विपरितका गतिविधि नै दुर्घटनाका कारण हुन् ।

    ” तिवारीले पाइलट नै बढी संवेदनशील भएर उडान गर्नुपर्ने बताए । उनले भने, “उडानबाट यात्रुलाई मनोरञ्जन दिने हो तर कतिपय पाइलट साथीहरु आकाश उडिरहेको बेला अन्य गतिविधि गर्दैै सुरक्षा संवेदनशीलता वेवास्ता गर्न पुग्नुहुन्छ ।

    ” उनले उडान समयमा फूल पात टिपेर दिने गर्दा दुर्घटना निम्ति सक्ने भएकाले यस्तो गतिविधिलाई रोक्नुपर्ने उनको भनाइ छ ।

    अर्का अनुभवी पाइलट दूर्योधन खड्काले साहसिक खेलमा जोखिम मोल्नुपर्छ भन्ने मानसिकताले पनि कतिपय अवस्था नियन्त्रण बाहिर जाने गरेको बताए। “कोही कोही यात्रुले अलि बढी जोखिम मोल्न रुचाउने र पाइलटलाई अलि प्रेसर दिने गर्छन ।

    यात्रुको सबै अवस्थालाई स्वीकार्नु पर्छ भन्ने हुँदैन, पाइलटले पनि जोखिमको अवस्थालाई आँकलन गर्न सक्नुपर्छ ।” उनले कहिलेकाही टेकअफ गर्दा यात्रु नियन्त्रणमा नहुने गर्दा पनि दुर्घटना हुन सक्ने तर हावामा उडिसकेपछि सामान्य अवस्थामा दुर्घटना हुने सम्भावना न्यून हुने उनको अनुभव छ ।

    हवाई खेलकूद संस्था (एनएए) का अध्यक्ष कृष्ण भण्डारी पनि उडानमा समयमा फूल, पात टिप्ने र पानी छुने जस्ता गतिविधिले हुने गरेको सुन्नमा आएकाले अब यस्ता गतिविधिमा रोक लगाइने बताए ।

    कार्तिक ८ को दुर्घटनाको विषयमा छानविन समिति गठन भएको छ । एक महिनामा सत्यतथ्य बाहिर आउला, पछिल्लो समय आकाशमा फुल टिप्ने दिने गतिविधि बढेको भन्ने सुनिएको छ ।

    यसमा अब नियन्त्रण हुन्छ । प्याराग्लाइडिङ उडानो दुई दशकमा व्यावसायिक उडानबाट चार पाँच वर्ष अघि एक जना यात्रुको र अहिले पाइलटको ज्यान गुमाएको उनको भनाइ छ ।

    उनको अनुसार २०५९ मा हवाइ खेलकूद संस्था (एनएए) स्थापना भएको र २०७५ साल चैतबाट नागरिक उडड्यन प्राधिकरणले अनुगमन, लाइसेन्स, नवीकरण प्रदान गर्ने गरेको हो । संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा १२ महिला छन् ।

    बन्दाबन्दी अगाडि विदेशी पाइलट भए पनि अहिले नेपाली मात्रै रहेका छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् भने रु एक अर्ब बढीको लगानी रहेको छ । उनका अनुसार सोमबारको दुर्घटनामा टेण्डम पाइलटको ज्यान गएपछि नेपाल नागरिक उङ्डयन प्राधिकरणले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

    प्राधिकरणका पोखरास्थित प्रबन्धक (एयर ट्राफिक सर्भिस) अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरी छानबिन समिति गठन गरेको हो । समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ : उपसभापति खड्का
    गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित
    द्वन्द्वकालीन घटनामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुँदैन: देव गुरुङ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.