काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय वैठकमा पार्टीका महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ ।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा सचिवालय वैठक शुरु हुनुभन्दा अगाडी केक काटेर महासचिव पौडेलको जन्मदिन मनाइएको हो । पौडेलको ६२ औँ जन्मदिन मनाइएको हो ।
सचिवालय बैठकको शुरूमै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालूप्रचण्डू, उपप्रधानमन्त्री ईश्वर पोखरेल र वरिष्ठ नेताहरूले केक काटेर खुवाई सफल जीवनको शुभकामना व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
यसअघि पार्टी कार्यालय धुम्बाराहीमा हुने भनिएको सचिवालय वैठक प्रधानमन्त्रीले नमानेपछि बालुवाटारमै बसिएको हो ।
सबै तस्वीरः सुर्य थापाको ट्वीटरबाट