• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

अर्को सातादेखि नेपाल–भारत उडान सञ्चालनको तयारी

  •  मेन समाचार संवाददाता
  • १६ मंसिर २०७७, मंगलवार १५:३६ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्वीरः गुगल

     

    काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो ।

    मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने जानकारी दिएका छन् ।

    उडान टुङ्गो लागिसकेको छ । कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयसंगको छलफलपश्चात चाँडै टुंगो लगाउने सचिव लामिछानेले बताएका छन् । सहसचिव लामिछानेका अनुसार शुरुआती चरणमा काठमाडौँ–दिल्ली दुई उडान मात्रै हुनेछन् । एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान गर्नेछन् । पछि दुबै देशले आवश्यकताको आधारमा उडान अभिवृद्धि गर्न सकिनेछ ।

    कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो । छिमेकीमुलुक भारतमा भने कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

    अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्डयन निकायसँग उडानसम्बन्धी मापदण्ड बनाएपछि उडान हुने जनाइएको छ । प्राधिकरणका अनुसार अहिले नेपालबाट भारतसहित बङ्गलादेश, भुटान र थाइल्याण्डमा उडान रोकिएको छ । अन्य गन्तव्यमा उडान भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले विभिन्न १६ मुलुकका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

    अन्तर्राष्ट्रिय उडान घट्यो

    भदौ १६ देखि नियमित रुपमा शुरु भएको अन्तर्राष्ट्रिय उडान शुरुताका दैनिक २० देखि २५ वटासम्म उडान भए पनि अहिले मुश्किलले करिब २० वटा मात्र उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

    विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडान बढ्नुको साटो क्रमशः घट्दै गएको बताउनुभयो । उहाँका अनुसार अहिले अन्तर्राष्ट्रियतर्फ दैनिक २० वटासम्म मात्रै उडान हुने गरेको छ । यो आगमन र प्रस्थान दुबै गरेर हो । यो सङ्ख्यामा पनि अहिले केही घटेको छ । भदौको दोस्रो साताबाट खुलेको नियमित अन्तर्राष्ट्रिय उडानमा खाडी मुलुकबाट एयरलाइन्सले दैनिक दुई वटा उडान गर्ने गरेकामा अहिले दैनिक एउटा उडान गर्छन् । यता नेपालबाट जापानको नारिताको उडान पनि अहिले अवरुद्ध भएको छ । हङ्कङको पटक–पटक अवरुद्ध भएको उडान अहिले सञ्चालनमा छ । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को व्यावसायिक हिसाबले राम्रो गन्तव्य रहेको हङ्कङमा केही यात्रुको पिसिआर रिपोर्ट त्यहाँको परीक्षणमा पुनः पोजेटिभ देखिए पनि नेपाल एयरलाइन्सलाई तीन पटकसम्म उडान रोकेको थियो ।

    त्यस्तै पछिल्लो पटक जापानमा पनि केही यात्रुमा पिसिआर परीक्षणको नतिजा पोजेटिभ देखिएपछि जापानको उडान नियामक निकायले नेपाल एयरलाइन्सलाई सचेतपत्र पठाएको थियो ।

    आन्तरिकमा उत्साहवर्द्धक उडान

    अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान भने उत्साहवद्र्धक रहेको विमानस्थल कार्यालयले जनाएको छ । अहिले ८५ देखि ९० प्रतिशत उडान अकुपेन्सी रहेको छ । ठूला एयरलाइन्स बुद्ध, यती र श्री एयरलाइन्सको उडान अकुपेन्सी झण्डै ९० प्रतिशत रहेको सम्बन्धित कम्पनीले जनाएका छन् । बुद्धले मात्र अहिले दैनिक चार हजार ८०० सम्म यात्रु बोक्ने गरेको छ । जबकी बुद्धले सामान्य अवस्थामा दैनिक पाँच हजार ५५५ देखि ६ हजारसम्म यात्रु बोक्ने गरेको थियो । उक्त कम्पनीले अहिले दैनिक दुईतर्फी ८२ उडान गरिरहेको छ । यती एयरलाइन्स र श्री एयरलाइन्सको गन्तव्य अनुसार उडान अकुपेन्सी राम्रो रहेको जनाइएको छ । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रतितोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे स्थिर
    आज कुन मुद्रा कतिमा हुँदै छ खदिबिक्री ? अमेरिकी डलर स्थीर
    उद्योगी व्यवसायीको मनोबल उच्च राख्न परिसङ्घको आग्रह
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

    • २.
      २०० करोड रुपैयाँको क्लब बादशाह यी कलाकार

    • ३.
      नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ

    • ४.
      अभिनेता रजनीकान्तले जारी गरे कारबाहीको चेतावनीयुक्त पत्र

    • ५.
      प्रतितोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे स्थिर

    • ६.
      संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव : प्रधानमन्त्री

    • ७.
      सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी: परराष्ट्र मन्त्री पौडेल

    • १.
      हरियो तरकारी र फलफूलको मूल्य यस्ताे रहेकाे छ आज

    • २.
      इंग्लिस प्रिमियर लिग: लगातारको खराब नतिजापछि एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त

    • ३.
      नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने

    • ४.
      गृहमन्त्री लामिछानेले आत्मदाह गरेका आचार्यका परिवारले भेटेर मागे क्षमा

    • ५.
      फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

    • ६.
      सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : बालेन्द्र साह

    • ७.
      हरि हुमागाईँको ‘बिजुली’मा निराजन र उपासना

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.