• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नेकपा विवाद अनौपचारिक र औपचारिक दुवै छलफल जारी रहने

  •  मेन समाचार संवाददाता
  • १६ मंसिर २०७७, मंगलवार २०:४६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमान्डाैँ  ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि औपचारिक र अनौपचारिक दुवै ढङ्गबाट छलफल जारी राखिने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकमा यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेका लिखित पत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा विवाद भए पनि त्यसबारे अध्यक्षद्वयका साथै अन्य नेताले बोल्ने क्रम शुरु भएको छ ।

    बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल जारी रहेको र अर्काे बैठक बुधबार अपराह्न १ बजेका लागि पुनः राखिएको जानकारी दिए ।

    उनका अनुसार यसबीचमा नेताहरुबीच अनौपचारिक छलफल र संवादका प्रक्रिया पनि चलिरहनेछन् । दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच सहमति जुट्न सकेको छैन ।

    यही मङ्सिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेको थियो ।

    गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।

    पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवादले नयाँ रुप लिएको हो ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    काँग्रेसले बोलायो संसदीय दलको बैठक
    संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय
    सरकार र विप्लव समूहबीचको वार्ता सकारात्मक !
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक निश्कर्षनजिक !

    • २.
      कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

    • ३.
      भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

    • ४.
      म्यान्मारमा सेनाको गोली लागेर ६ जनाको मृत्यु

    • ५.
      प्रदेश २ को प्रदेश सभा बैठक अन्यौलः आज हुने बैठक २ गतेका लागि सारियो

    • ६.
      आफ्ताब आलमलाई छुटाउन पहल गरिरहेको छुः सभापती देउवा

    • ७.
      ३९ अंकले घट्यो नेप्से, चन्द्रागिरी हिल्सको शेयर मूल्य दश प्रतिशतले बढ्यो

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ६.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ७.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.