• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

ट्रेन्डिङमा उक्लियो ‘फुटेका चुरा’

  •  मेन समाचार संवाददाता
  • १७ मंसिर २०७७, बुधबार ०८:४८ प्रकाशित
    Advertisement
    Advertisement

    गलकाेट । सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं आठमा उक्लेको छ ।

    सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ साढे तीन लाख नाघिसकेको छ । गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ ।

    गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ । भिडियोको निर्देशन पनि सपुत आफैँले गरेका छन् । गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा चार हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् भने ३४ हजारले ‘लाइक’ गरेका छन् ।

    कुनै एक देशको रानी युद्धकला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आकर्षित भएको प्रसङ्गबाट गीतको उठान हुन्छ । भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ ।

    गीतमा प्रयुक्त तुक्कालाई बीचबीचमा काव्य वाचनको शैलीमा गरिएको प्रस्तुती रुचिकर लाग्छ । कुनै पुरुष पात्रले छोरीलाई कथा सुनाएर शुरु भएको गीत कथामै अन्त्य हुन्छ ।

    दरबारको साङ्गीतिक समारोहमा नाचिरहेका सिपाहीलाई रानीले धनुषले ताकेर तीर हान्छिन् । सिपाही घाइते बनी डबलीमा ढल्न पुग्छन् ।

    आफ्नो मनमा सिपाहीले नजरको जुठो हालेको भन्दै रानीले वाण हानेको बताउँछिन् । मन्त्रीलाई बोलाएर उपचारका लागि वैद्यलाई देखाउन आदेश दिन्छिन् ।

    घाइते सिपाही मरे शहीद बन्ने र बाँचे राजा बन्ने घोषणा गर्छिन् । गीत यत्तिकैमा सकिन्छ । त्यसपछिको कथालाई अर्को गीतमा जोड्ने गायक सपुतले बताए ।

    “गीतको परिकल्पनादेखि दृश्य निर्माणमा केही नयाँपन दिन खोजिएको छ”, गायक सपुतले भने, “राम्रो प्रतिक्रिया आइरहेको छ, दर्शक/श्रोताले रुचाइदिनुभएको छ, हामी उत्साहित छौँ ।”

    गायक सपुतले गायिका चलाउनेसँग पहिलोपटक सहकार्य गरेका हुन् । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सपुतको गत तीजमा सार्वजनिक गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको थियो ।

    त्यसअघि उनकाे ‘बोल माया’, ‘गलबन्दी’लगायतका गीत पनि सर्वाधिक सफल रहे । गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘गलबन्दी’ युट्युबमा अहिलेसम्म चार करोडभन्दा बढी पटक हेरिएको छ ।

    सपुत गायनसँगै अभिनय, लेखन र निर्देशनमा समेत उत्तिकै पोख्त छन् । गायक सपुत चलचित्र प्रदेशी–२ मा नायकका रूपमा देखिदै छन् । चलचित्रको अहिले छायाङ्कन भइरहेको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    २०० करोड रुपैयाँको क्लब बादशाह यी कलाकार
    अभिनेता रजनीकान्तले जारी गरे कारबाहीको चेतावनीयुक्त पत्र
    ‘पशुपति प्रसाद २ः भष्मे डन’ को घोषणा, खगेन्द्र लामिछाने पर्दामा नदेखिने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

    • २.
      २०० करोड रुपैयाँको क्लब बादशाह यी कलाकार

    • ३.
      नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ

    • ४.
      अभिनेता रजनीकान्तले जारी गरे कारबाहीको चेतावनीयुक्त पत्र

    • ५.
      प्रतितोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे स्थिर

    • ६.
      संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव : प्रधानमन्त्री

    • ७.
      सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी: परराष्ट्र मन्त्री पौडेल

    • १.
      हरियो तरकारी र फलफूलको मूल्य यस्ताे रहेकाे छ आज

    • २.
      इंग्लिस प्रिमियर लिग: लगातारको खराब नतिजापछि एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त

    • ३.
      नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने

    • ४.
      गृहमन्त्री लामिछानेले आत्मदाह गरेका आचार्यका परिवारले भेटेर मागे क्षमा

    • ५.
      फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

    • ६.
      सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : बालेन्द्र साह

    • ७.
      हरि हुमागाईँको ‘बिजुली’मा निराजन र उपासना

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.