• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

सहकारीले अनुदानको मल बिक्री गर्न पाउने

  •  मेन समाचार संवाददाता
  • १७ मंसिर २०७७, बुधबार १९:४१ प्रकाशित
    Advertisement
    Advertisement

     

    देउखुरी । राप्ती र गढवा गाउँपालिकामा अनुदानको मल बिक्रीवितरणका लागि सहकारीलाई अनुमति दिइएको छ । सरकारद्वारा गत भदौ १ गते जारी गरिएको अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका –२०७७ मा स्थानीय सरकारले तोकेका कृषि सरकारी, फर्म तथा कम्पनीले अनुदानको मलखाद वितरण गर्न पाउने व्यवस्था छ ।

    मापदण्ड पुगेका आधारमा राप्तीका आठ र गढवाका १३ सहकारीले मल बिक्री गर्न पाउने अख्तियारी पाएको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिए । राप्ती गाउँपालिकाभित्र रहेका सहकारी छनोट गरी अनुदानको रासायनिक मल बिक्रीवितरणका लागि कार्यक्षेत्र समेत तोकिएको छ । सोअनुसार इच्छुक स्मृति कृषि सहकारी संस्थाले वडा नं १, २ का पूरै र ३ नं वडाको मसुरिया बड्का गल्लीबाट पूर्वी भाग तथा ९ नं वडाको रुपाकोट क्षेत्र, स्वरोजगारी पशुपक्षी विकास सहकारी संस्थाले वडा नं ४ को पूरै, ३ नं वडाको मसुरिया वड्का गल्लीबाट पश्चिम भाग र ९ नं वडाको देवीकोट क्षेत्रमा काम गर्ने कृषि प्राविधिक सहायक सीमा भट्टले जानकारी दिए ।

    त्यसैगरी गढवा गाउँपालिकाभित्र रहेका सहकारी संस्थाले साविक गङ्गापरस्पुर गाविस –४ र ६ तथा साविक गढवा गाविसका २, ३ र ४, जनसहभागिता उपभोक्ता सहकारी संस्थाले साविक गढवाका १ र ५ तथा कोइलावास गाविस, परी कृषि सहकारी संस्थाले साविक गढवा गाविसका ८ र ९ तथा प्रभावकारी कृषि सहकारी संस्थाले साविक गढवा गाविसका ६ र ७ मा मलखाद बिक्रीवितरण गर्न पाउने अख्तियारी पाएका छन् ।

    नेपाल सरकारद्वारा अनुदानमा उपलब्ध हुने रासायनिक मल राप्ती र गढवा गाउँपालिकाका कृषकलाई कार्यालयबाट छनोट भएका सहकारीको बिक्री मूल्य सम्बन्धित कम्पनीबाट उपलब्ध हुने मूल्यमा लोड अनलोड वापत प्रतिबोरा ५० केजीको रु १४ तथा ढुवानी खर्च र व्यवस्थापन खर्चवापत रु ५० गरी प्रतिबोरा रु ६४ मात्र थप गरेर बिक्री मूल्य निर्धारण गर्ने बताइएको छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रतितोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे स्थिर
    आज कुन मुद्रा कतिमा हुँदै छ खदिबिक्री ? अमेरिकी डलर स्थीर
    उद्योगी व्यवसायीको मनोबल उच्च राख्न परिसङ्घको आग्रह
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

    • २.
      २०० करोड रुपैयाँको क्लब बादशाह यी कलाकार

    • ३.
      नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ

    • ४.
      अभिनेता रजनीकान्तले जारी गरे कारबाहीको चेतावनीयुक्त पत्र

    • ५.
      प्रतितोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे स्थिर

    • ६.
      संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव : प्रधानमन्त्री

    • ७.
      सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी: परराष्ट्र मन्त्री पौडेल

    • १.
      हरियो तरकारी र फलफूलको मूल्य यस्ताे रहेकाे छ आज

    • २.
      इंग्लिस प्रिमियर लिग: लगातारको खराब नतिजापछि एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त

    • ३.
      नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने

    • ४.
      गृहमन्त्री लामिछानेले आत्मदाह गरेका आचार्यका परिवारले भेटेर मागे क्षमा

    • ५.
      फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

    • ६.
      सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : बालेन्द्र साह

    • ७.
      हरि हुमागाईँको ‘बिजुली’मा निराजन र उपासना

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.