काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनि सेल्फ आइसोलेशनमा बसेका थिए । आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
केही दिनको आरामपछि उनि बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाँदै छन् । अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ । उनि तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा छन् । यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै छन् । रासस