• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

भारतमा कोराेना संक्रमित ९५ लाख नाघे

  •  मेन समाचार संवाददाता
  • १८ मंसिर २०७७, बिहीबार ११:४८ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    विगत चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ । कूल संक्रमित ९५ लाख ३४ हजार ९६५ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ रहेको छ ।

    भारतमा हालसम्म ८९ लाख ७३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विगत २४ घण्टामा ५२६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३८ हजार ६४८ पुगेको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १४ करोड ३५ लाख नमूना परीक्षण गरिएको जनाएको छ । भारतमा विगत २६ दिनदेखि ५० हजारभन्दा कम व्यक्ति संक्रमित भेटिएका छन् ।

    पछिल्लो पटक गत नोभेम्बर ७ मा ५० हजार व्यक्ति संक्रमित भेटिएका थिए । भारतीय राज्य महाराष्ट्रमा सक्रिय संक्रमितको संख्या अझै ८८ हजार ५३७ छ । यस राज्यमा ४७ हजार ३५७ जनाको मृत्यु भइसकेको छ ।

    यसैबीच, विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख ४४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । कोरोना संक्रमितमध्ये १४ लाख ९९ हजार ३४६ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म एक करोड ४३ लाख संक्रमित भएकामध्ये २ लाख ७९ हजार ८६५ जनाको मृत्यु भइसकेको छ ।

    तेस्रो सर्वाधिक असर परेको ब्राजिलमा ६४ लाख ३६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका र त्यसमध्ये एक लाख ७४ हजार ५३१ जनाको मृत्यु भएको छ ।

    विश्वभर मृत्यु भएकाको संख्याका आधारमा चौथो स्थानमा मेक्सिको रहेको छ जहाँ एक लाख सात हजार ५६५ जनाको मृत्यु भइसकेको छ ।

    बेलायतमा ५९ हजार ६९९, इटालीमा ५७ हजार, फ्रान्समा ५३ हजार ८१६, इरानमा ४८ हजार ९९०, स्पेनमा ४५ हजार ७८४ तथा रसियामा ४१ हजार ५३ जनाको मृत्यु भइसकेको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    जब केट मिडलटन शिरदेखि पाउसम्म आर्मी गियरमा प्रकट भइन…
    बुलफाइटका क्रममा स्ट्यान्ड भत्किँदा चार जनाको मृत्यु
    मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.