• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

थामियो नेप्से, आठ अर्बको कारोबार

  •  मेन समाचार संवाददाता
  • १८ मंसिर २०७७, बिहीबार १६:२४ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।

    लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.५७ बिन्दुले ओरालो लागेर २०५५.४५ मा ओर्लेको छ ।

    यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७६ बिन्दुले ओरालो लागेर ३९२.२९ मा पुगेको छ । नेप्से आरोलो लागे पनि कारोवार रकम आज रु आठ अर्बमाथि रहेको छ ।

    कूल २०० कम्पनीको एक करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर रु आठ अर्ब दुई करोड ६० लाख २३ हजार ७९८ मूल्यमा खरिद बिक्री भए । लगानीकर्ता नाफा बुक गर्न लागेका कारण बजारमा आज गिरावट आएको अनुमान गरिएको छ ।

    कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेका छन् । जलविद्युत् १०.३६ र लघुवित्त ३०.०८ बिन्दुले उकालो लागेको छ ।

    बैंकिङ ८.७३, व्यापार १६०.४२, होटल ८.३५, विकास बैंक २०.३५, वित्त ६.७३, निर्जीवन बीमा १६६.४१, उत्पादन ७२.९६, अन्य १९.३१, जीवन बीमा २५८.२६ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले ओरालो लागेको छ ।

    स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ११ करोड ४० लाख आठ हजार ५७७ बराबरको कारोवार भयो ।

    यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ४२ करोड १८ लाख ३८ हजार ८९९, नेपाल लाइफ इन्स्योरेन्स रु ३० करोड तीन लाख ३८ हजार ३००, नेशनल लाइफ इन्स्योरेन्स रु २६ करोड सात लाख ११ हजार २७९, शिवम् सिमेन्ट रु २३ करोड ८२ लाख ८२ हजार ११०, प्राइम बैंक रु २२ करोड ३० लाख ८६ हजार, नेपाल बैंक रु १८ करोड ७० लाख ८४ हजार ६७७ र नबिल बैंक रु १८ करोड २४ लाख ३३ हजार ६२२ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

    कारोवारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.९५, नेपाल सेवा लघुवित्त ९.०६, डिप्रोक्स लघुवित्त ६.७२, छिमेकी लघुवित्त ६.४०, प्राइम बैंक ४.८२, सूर्योदय लघुवित्त ४.८१, मिथिला लघुवित्त ४.७७ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.७७ प्रतिशतले कमाएका छन् ।

    यसैगरी विशाल बजार कम्पनी ६.९७, साल्ट टे«डिङ कर्पोरेशन ६.९४, बोटलर्स नेपाल तराई ५.२०, रसुवागढी हाइड्रोपावर ५.१४, साञ्जेन जलविद्युत् कम्पनी ५.०९, एशियन लाइफ इन्स्योरेन्स ४.१०, आरएसडिसी लघुवित्त ३.७७ र एचआइसिएलका लगानीकर्ताले ३.७५ प्रतिशतले गुमाए ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छः प्रचण्ड
    अख्तियार प्रमुख राई भन्छन्, ‘भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ’
    थप ८१ मा कोरोना सङ्क्रमण पुष्टि, ९८६ सक्रिय संक्रमित
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छः प्रचण्ड

    • २.
      प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसद छन्ः मुख्य सचेतक भट्टराई

    • ३.
      अख्तियार प्रमुख राई भन्छन्, ‘भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ’

    • ४.
      थप ८१ मा कोरोना सङ्क्रमण पुष्टि, ९८६ सक्रिय संक्रमित

    • ५.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ६.
      विप्लवका सप्तरी जनसत्ता प्रमुख रामनाथ मण्डलसहित तीन जना पक्राउ

    • ७.
      राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ५.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ६.
      रिहा भएका विप्लव नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाटै पक्राउ

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.