• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ : गभर्नर

  •  मेन समाचार संवाददाता
  • १८ मंसिर २०७७, बिहीबार २०:२९ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    काठमाडाैं । कोभिड– १९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ ।

    चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले भने, “कोभिडको असर रहँदासम्म मौद्रिक उपकरण तथा नीति लचिलो नै हुन्छ ।”

    उनले सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य तथा समग्र अर्थतन्त्रको अवस्थालाई हेरेर लचिलो नीति नै रहने जानकारी दिए । उनले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको उल्लेख गरे।

    यस्तै कर्जाको ब्याज घट्दा लगानीकर्तालाई राहत भएको भए पनि निक्षेपको व्याजदर कम हुँदा त्यसबाट आश्रित वर्ग तथा समुदायमा थप असर पर्ने भएकाले केन्द्रीय बैंकले आवश्यक व्यवस्था गरेको गभर्नर अधिकारीले जानकारी दिए।

    उनले ब्याजदरका सन्दर्भमा कार्यदिशा तय गरिएको एवं मौद्रिक विस्तार गर्दै आन्तरिक राष्ट्रिय उत्पादनलाई बढावा दिने तथा रोजगारी सिर्जना गर्ने एवं उद्यमशीलता बढाउनसमेत आफूहरु क्रियाशील रहेको बताए ।

    सरकारले चालू आवमा राखेको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्‍याउने गरी नै पहिलो त्रैमासिक समीक्षा गरिएको गभर्नर अधिकारीको भनाइ छ ।

    उनले बैंक तथा वित्तीय संस्थालाई सबल बनाउने एवं थप सतर्क रहँदै जोखिम आउन नदिने हिसाबले राष्ट्रबैंक अगाडि बढेको बताए । उनले भने, “मौद्रिक नीतिमार्फत तय भएका कार्यदिशामा अर्थतन्त्रको अहिलेको अवस्थालाई दृष्टिगत गरेर मौद्रिक विस्तारमा मूल्य र बाह्य क्षेत्रको स्थायित्वमा थप दबाब सिर्जना हुन नदिने गरी आवश्यक तयारी गरिएको छ ।”

    बैंक तथा वित्त संस्थामा रहेको स्रोतको उपलब्धतालाई सहजीकरण गर्न मौद्रिक नीतिले तय गरेका कार्यभारलाई निरन्तरता दिँदै आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने नै पहिलो त्रैमासिकको समीक्षा रहेको उनको भनाइ छ ।

    वित्तीय सहजीकरणका लागि राष्ट्र बैंकले हालसम्म नियामकीय उपाय अपनाएको तथा वित्तीय स्थायित्वमा जोखिम आउन नदिन थप सजग रहँदै केन्द्रीय बैंकको सुपरीवेक्षण र नियामकीय भूमिकालाई थप सशक्त बनाइने उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?
    बढ्यो पेट्रोलियम पदार्थको मूल्य
    रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • २.
      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

    • ३.
      राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

    • ४.
      बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    • ५.
      Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?

    • ६.
      राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने

    • ७.
      एमालेको केन्द्रिय समिति बैठकको पहिलो अजेन्डा: निर्वाचन समिक्षा

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ५.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.