• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

आठ सय घरेलु हिंसा लुम्बिनी प्रदेशमा

"लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । "
  •  मेन समाचार संवाददाता
  • १९ मंसिर २०७७, शुक्रबार १३:४७ प्रकाशित
    Advertisement
    Advertisement

    लुम्बिनी प्रदेश । लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् ।

    प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८२३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

    चालू आर्थिक वर्ष २०७७÷७८ को कात्तिकसम्ममा सबैभन्दा बढी बाँकेमा घरेलु हिंसा भएका छन् । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार बाँकेमा २७२, रुपन्देहीमा १६१, कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६ घरेलु हिंसाका घटना भएका छन् ।

    त्यस्तै बर्दियामा ३८, रोल्पामा ३४,अर्घाखाँचीमा ३२, गुल्मीमा २६, पाल्पामा १४, प्यूठानमा १३ र रुकुमपूर्वमा चार वटा घरेलु हिंसाका घटना भएका छन् । वरिष्ठ प्रहरी उपरीक्षक बैदवारका अनुसार घरेलु हिंसा सबैभन्दा बढी कृषि क्षेत्रमा आश्रय रहेका परिवारमा हुने गरेको पाइएको छ ।

    उनका अनुसार कृषिमा आबद्ध परिवारका ४७७, गृहिणी २६८, ज्यामी २७, विद्यार्थी नौ, बेरोजगार १३, व्यापारी २०, कर्मचारी आठ र वैदेशिक रोजगारी एक जना रहेका छन् । बैदवारका अनुसार हिंसापीडित हुनेमा ७३६ महिला रहेका छन्, भने ८७ जन पुरुष रहेका छन् । सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेरमा हिंसा भएको पाइएको छ ।

     

    यस्तै १६ देखि ३५ वर्षका ३७६, १६ देखि २५ वर्षसम्मका २२५, ३६ देखि ४५ वर्षसम्मका २०५, ४६ देखि ६० वर्षसम्मका १२३ जना हिंसापीडित बनेका छन् । बैदवारका अनुसार महिला हिंसामा २४९ जना महिला अभियुक्त छन् भने ६९६ पुरुष अभियुक्त रेहका छन् ।

    सबैभन्दा धेरै जबर्जस्ती करणीका १५५, जबर्जस्ती करणी उद्योगका ५१, बहुविवाहका ४४, बालविवाहका चार, बोक्सीको आरोपमा छ, जातीय छुवाछूतका तीन, अप्राकृतिक मैथुन तीन, बालयौन दुराचारका १०, अवैद्य गर्भपतनका दुई, मानव बेचबिखनका छ र घरेलु हिंसाका मुद्दा दर्ता एक वटा दर्ता भएका छन् । लुम्बिनी प्रदेश मातहतका १२ जिल्ला र ५३ इलाका प्रहरी कार्यालय गरी जम्मा ६५ प्रहरी एकाइबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।

    चालकसँग कुराकानी अभियान प्रदेश प्रहरी कार्यालयले चालकसँग कुराकानी अभियान पनि शुरु गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ वटै जिल्लामा सोे कार्यक्रम सञ्चालन गरेको हो । मङ्सिर १४ गतेदेखि सो अभियान शुरु भएको वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताए ।

    चालकलाई प्रशिक्षण, व्यवसायीसँग समन्वय, सवारी साधनको जाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, अधिक भार, तीब्र गति, मादकपदार्थ सेवन परीक्षण गर्ने कार्य पनि भइरहेको छ । यो अभियान १५ दिनसम्म चल्ने बताइएको छ ।

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ
    मनकामना केबुलकार आजदेखि नियमित सञ्चालन
    तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाहरुको सुझाव
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ

    • २.
      काठमाडौँको अधिकांश स्थानमा मेलम्चीको पानी वितरण भएन

    • ३.
      प्रतिनिधिसभाका विभिन्न समितिमा पदाधिकारी हेरफेर

    • ४.
      गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

    • ५.
      ४९६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

    • ६.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • ७.
      यसकारण लाग्छ दाँतमा ‘किरा’, कसरी गर्ने दाँतको स्याहार ?

    • १.
      हत्या गरि फरार रहेका धादिङ खनियावासका घर्ती तामाङ पक्राउ

    • २.
      धर्मेन्द्र अर्थात् भर्सटाइल गायक

    • ३.
      भोलिबाट चिनियाँ खोप लगाउन सुरुः क-कसले पाउँछन् खोप ? कहाँ कहाँ छन् खोप केन्द्र ?

    • ४.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      सुदेश पराजुलीसहित अनेरास्ववियुका तीन नेता साधारण सदस्यसमेत नरहने गरि निष्कासित

    • ७.
      शैक्षिक संस्था भौतिक रूपमा सञ्चालन नगर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.