• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

बिराटनगरको शहीद रंगशालामा ‘फ्लड लाइट’ जडान

  •  मेन समाचार संवाददाता
  • १९ मंसिर २०७७, शुक्रबार १४:२० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

     

    बिराटनगर । बिराटनगरको शहीद रंगशालामा रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट जडान गरिएको छ । बिहीबारदेखि रंगशालामा फ्लड लाइट जोडिएसंगै लामो समयदेखि युवा खेलाडीको रात्री खेलकुद हेर्ने चाहनालाई प्रदेश सरकारले पुरा गरेको छ ।

    सामाजिक विकास मन्त्रालयले रु चार करोड २९ लाखमा गत वर्षको असोज १ गते कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार बटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो । बन्दाबन्दीका कारण भारतबाट सामग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको अमर जेभीले बताएको छ ।

    फ्लड लाइट जडानको कार्यको बिहीबार शुभारम्भ गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले शहीद रङ्गशालालाई समयानुकूल अत्याधुनिकरुपमा निर्माण गर्ने बताए । उनले विराटनगरलाई खेलकुदमय नगरीको रुपमा विकासका लागि काम सुरु भएको बताउँदै कोभिड–१९ बाट थलिएको खेलकूद गतिविधि चाँडै शुरु गर्ने जानकारी दिए ।

    मन्त्री घिमिरेले रङ्शालाको संरचना पुरानो भएकाले यसको सुधार,मर्मत र सुविधा सम्पन्न बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शहीद रङ्गशालाको प्याराफिटको स्तरोन्नतिमा विशेष ध्यान दिइने बताउँदै बैजनाथपुरको अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई चाँडै सम्पन्न गरी नगरलाई खेलकूद केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । लाइट जडानका लागि भारतबाट १० जना प्राविधिक कार्यरत रहेका छन् । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सेना दिवसमा ‘हाफ म्याराथन’, विजेतालाइ ३० हजार पुरस्कार
    पिएसएल खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान
    स्पेनिस ला लिगाः मेस्सीको दुई गोलमा बार्सिलोनको सहज जित
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • २.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ३.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • ४.
      वार्ता टोलीलाई विप्लवले भेटे, सभागृह जानुअघि आन्तरिक छलफल

    • ५.
      विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा

    • ६.
      काँग्रेस सरकारमा जान हुँदैनः प्रकाशमान सिंह

    • ७.
      विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ता रिहाइ प्रक्रिया शुरु

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.