• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

वाइडेनको पहिलो कामः ‘सय दिन मास्क लगाऔँ’ अभियान

  •  मेन समाचार संवाददाता
  • १९ मंसिर २०७७, शुक्रबार १४:५१ प्रकाशित
    Advertisement

    वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “सय दिन मास्क लगाऔँ” अभियान चलाउने बिहीबार जानकारी दिएका छन् ।

    बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने मान्यताको विपक्षमा उभिदै आएका थिए । राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत सावित गर्नेगरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लागेका हुन् । अमेरिकामा हालै भएको निर्वाचनमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरु विभाजित भएर यस विषयले राजनीतिक रुप लिएको थियो ।

    मास्कको प्रयोगको विपक्षमा राष्ट्रपति लगायतका व्यक्तिहरु नै लागेकाले अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ । राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्युन हुने विश्वास र दावी धेरैले गरेका छन् ।

    अमेरिकामा कारोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

    राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने निर्वाचन अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नु पर्नेमा जोड दिँदै आएका थिए । उनले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यस अनुसारको निर्णय र कार्यक्रमहरु ल्याउने बताएका छन् ।

    मास्कको प्रयोगविना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उनले अभियान नै चलाउने तयारी गरेका हुन् । सिएनएनससँगको कुराकानीमा राष्ट्रपति वाइडेनले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेबारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने बताएका छन् ।

    अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ ।आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने बाइडेनले भने, “मैले पदबहाली गरेका दिन सबै अमेरिकीहरुलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु । यो नै मेरो पहिलो काम हुनेछ ।”

    उनले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान सय दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारे । उनले सय दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्युन हुने र यसले सहजता ल्याउने विश्वास व्यक्त गरे । रासस

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना नियोजितः अमेरिकी सञ्चार माध्यम
    दुई महिनाभन्दा बढी समयदेखि फसेका सयौँ युक्रेनी लडाकुको उद्धार
    ७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पेट्रोल हाहाकार
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.