• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

‘चीन र भारतबाट भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धीमुलक’: परराष्ट्रमन्त्री ज्ञवाली

  •  मेन समाचार संवाददाता
  • १९ मंसिर २०७७, शुक्रबार १७:२८ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तस्वीर: रासस

    काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धीमुलक भएको बताएका छन् । प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध समितिको वैठकमा उनले दुबै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धी गर्न महत्वपुर्ण रहेको दावि गरेका छन् ।

    भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले यही मङ्सिर ११ र चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले मङ्सिर १४ गते नेपालको औपचारिक भ्रमण गरेका थिए । भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण कोभिड–१९ को सङ्क्रमणपछि नेपाल र भारतबीच रोकिएका द्विपक्षीय भ्रमणको शुरुआत भएको जनाउँदै मन्त्री ज्ञवालीले भ्रमणमा दुई देशबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरिएको बताएका छन्।

    भारतले नेपालका भूभाग समेटेर नयाँ नक्शा जारी र लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि तथा नेपालले पनि आफ्ना भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटी हालसालै नयाँ नक्शा जारी गरेपछि दुवै देशबीचको सम्बन्धमा केही चिसोपना आएको थियो । नेपाल–भारत संयुक्त समितिको बैठक चाँडै हुने र दुवै देशबीचका थाती रहेका विषय सो बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिने मन्त्री ज्ञवालीको भनाइ थियो ।

    यसैगरी चीनका रक्षामन्त्री वेइको नेपाल भ्रमण सैनिक सहयोग आदानप्रदान गर्न र द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण भएको उनले बताए । मन्त्री ज्ञवालीले गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएका सम्झौतालाई गति दिन पनि सो भ्रमण फलदायी रहेको बताए । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !
    फागुन २६ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित
    संसदभित्र काँग्रेसको नाराबाजी, १० मिनेटका लागि बैठक स्थगित
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण

    • २.
      अफगान सेना र तालिवान लडाकुबीच भिडण्त, ८ प्रहरी र ५ तालिवान लडाकुको मृत्यु

    • ३.
      ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

    • ४.
      टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

    • ५.
      संसदलाई पुनःक्रियाशील तुल्याउन योगदान गरेका सबैमा सभामुखको बधाई

    • ६.
      मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

    • ७.
      धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

    • ३.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ४.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • ५.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.