• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

रामचन्द्र पौडेल तनहुँ पुगेर पुल उद्घाटन गर्नु त्रुटीपुर्णः नेकपा

  •  मेन समाचार संवाददाता
  • १९ मंसिर २०७७, शुक्रबार २०:२२ प्रकाशित
    Advertisement

    तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटिपूर्ण भएको नेकपाले जनाएको छ । नेकपा तनहुँद्वारा आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभासदस्य र गण्डकी प्रदेशसभा सदस्यले पुलका उद्घाटन प्रक्रिया र विधिलाई अपमान गरी त्रुटिपूर्ण तवरले गरिएको बताएका हुन् ।

    उनिहरुले निर्वाचित सांसदहरुलाई कुनै सम्पर्क तथा समन्वय नगरेको बताएका छन् । पुल निर्माणमा बजेट विनियोजन गर्ने सम्बन्धित मन्त्रालय एवं त्यसको जिल्लास्तरको कार्यालयमा समन्वय नगरेको उनिहरुको आरोप छ ।

    प्रतिनिधिसभा सदस्य केदार सिग्देलले नीतिविपरीत उद्घाटन गरिनु त्रुटिपूर्ण रहेको बताए । वैधानिक क्षेत्राधिकार मिचिएर गरिएको कार्यप्रति विरोध जनाउँदै उनले विपक्षी पार्टीलाई समेत सरिक गराएर पाँच वर्ष विकास निर्माणको नेतृत्व नेकपाले लिने उल्लेख गरे ।

    प्रतिनिधिसभाका सांसद सिग्देल, कृष्णकुमार श्रेष्ठ, कलिला खान, राष्ट्रियसभाका सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य किरण गुरुङ, हरिबहादुर चुमान, आशा कोइराला र रामबहादुर गुरुङद्वारा जारी संयुक्त विज्ञप्तिमा सम्मानित राष्ट्रिय व्यक्तिले गलत प्रक्रियाबाट काम गर्न नहुने उल्लेख गरिएको छ । सम्बन्धित कार्यालयले हाल उद्घाटन गर्न मनासिव नदेखिएको भन्दै पत्राचार गर्दा पनि पार्टी कार्यक्रम जस्तो गरी उद्घाटन गरिएको सांसद श्रेष्ठले बताए।

    काँग्रेस वरिष्ठ नेता पौडेलले बुधबार दिउँसो १ बजे पुल उद्घाटन गर्ने भनिएपछि नेकपा समर्थित राष्ट्रिय युवा सङ्घ नेपालले अवरोध गरेपछि तनाव उत्पन्न भएको थियो । झडपको अवस्था सिर्जना हुने देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न खोजेपछि पौडेल लगायतका नेता कार्यकर्ता पक्राउ समेत परेका थिए । रासस

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे
    गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल
    अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो

    • २.
      धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

    • ३.
      बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    • ४.
      निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थाले

    • ५.
      मकवानपुरमा लागूऔषधसहित तीनजना पक्राउ

    • ६.
      गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो

    • ७.
      डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ३.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    • ४.
      नेपाल ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

    • ५.
      गठबन्धनलाई हराउँदै एमालेको जित घिरिङ गाउँपालिकामा

    • ६.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • ७.
      झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.