• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

फ्याँकिएका चुरोटका बट्टा र प्लाष्टिक, आकर्षक ‘फोटो फ्रेम’ र ‘फुल’ बन्छन्

"‘सेभ अ चाइल्ड्स् फ्युचर’ को १ महिने ‘आर्ट एण्ड क्राफ्ट’ कक्षा सम्पन्न "
  •  मेन समाचार संवाददाता
  • १९ मंसिर २०७७, शुक्रबार २२:५४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । फ्याँकिएको चुरोटको बट्टा, पुनः प्रयोग सम्म हुन नसक्ने प्लाष्टिकका झोलाहरु । सोही चुरोटको बट्टा र प्लाष्टिकबाट बनेका विभिन्न किसिमका हस्तकला र त्यसमै रमाइरहेका बालबालिकाहरु । त्यही बिचमा छन् ७÷८ जना युवाहरु । बालबालिकाहरु तिनै कागजबाट विभिन्न किसिमका हस्तकलाका सामाग्रीहरु बनाउन प्रयास गरिरहेका छन् । युवाहरु सिकाइरहेका छन् ।

    माथिका दृश्यहरु राजधानीको तिनकुनेस्थित बानेश्वर बहुमुखी क्याम्पसको एउटा हलमा चलिरहेको क्रियाकलाप हुन् । ‘सेभ अ चाइल्ड्स् फ्युचर’ ले तिनकुने क्षेत्रवरपरका बालबालिकाहरुलाई विगत एक महिनादेखि यस्तै कक्षा दिइरहेको छ । तिनकुने क्षेत्रका सुकुम्बासी टोलमा रहेका बालबालिकाहरुलाई सहभागी गरेर संस्थाले ‘आर्ट एण्ड क्राफ्ट’ कक्षा संचालन गरेको हो ।

    कोभिड–१९ महामारीको समयमा सुरक्षा अपनाउदै संस्थाले उक्त कार्यक्रम ल्याएको परियोजनाको संयोजक सञ्जु ढकालले बताएकी छिन् । परियोजनामा सञ्जु सहित, गौतम श्रेष्ठ, सुरक्षा पौडेल लगायतका युवाहरुले बालबालिकाहरुलाई सिकाउँदै आएका छन् । परियोजनामार्फत बालबालिकाहरुलाई थप रचनात्मक बनाउदै प्रयोगमा आउन नसक्ने सामाग्रीबाट कसरी हस्तकलाका विभिन्न बस्तुहरु बनाउन सकिन्छ भन्नेबारे प्रयोगात्मक ज्ञान दिइएको संयोजक ढकालले बताइन् ।

    परियोजनामार्फत बालबालिकाहरुलाई कागजका टुक्रा, चुरोटको बट्टा लगायतका सामाग्री प्रयोग गरि आकर्षक हस्तकला बनाउन सिकाइएको थियो । यसरी काम नलाग्ने भनेर फालिएका चुरोटका बट्टाबाट पनि आकर्षक फोटो फ्रेम र प्लाष्टिकका झोलाबाट आकर्षक फुल बनेपछि कक्षामा सहभागी २५ जना विद्यार्थीहरु दंग छन् ।

    आफुले पहिलो पटक फालिएको फोहोर जन्य बस्तुबाट आकर्षक हस्तकला बनाएको बताउँछिन् सहभागी कौशिला तोलाङ्गे । उनले त्यहाँबाट सिकेपछि घरमा समेत चुरोटका बट्टा तथा प्लाष्टिक संकलन गरि फ्रेम तथा फुलहरु बनाउन थालेको बताएकी छिन् । आफुले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिवद्धता समेत उनले व्यक्त गरिन् ।

    ‘सेभ अ चाइल्ड्स् फ्युचर’ले विशेषगरि सुकुम्वासी बस्तीका बालबालिकाहरुलाई लक्षित गरि विभिन्न परियोजनाहरु संचालनमा ल्याउने गरेको संयोजक ढकालले बताएकी छिन् । ‘आर्ट एण्ड क्राफ्ट’ कक्षामा २५ जना विद्यार्थीहरुले सहभागीता जनाएको उनले बताइन् । यस्ता किसिमका अन्य कार्यक्रमहरु पनि आगामी दिनहरुमा संचालन गरिने उनले बताइन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा
    धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !
    फागुन २६ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण

    • २.
      अफगान सेना र तालिवान लडाकुबीच भिडण्त, ८ प्रहरी र ५ तालिवान लडाकुको मृत्यु

    • ३.
      ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

    • ४.
      टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

    • ५.
      संसदलाई पुनःक्रियाशील तुल्याउन योगदान गरेका सबैमा सभामुखको बधाई

    • ६.
      मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

    • ७.
      धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

    • ३.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ४.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • ५.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.