काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय वैठक शुरु भएको छ । शनिबार पौने २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वैठक शुरु भएको हो । आजको सचिवालय वैठकमा प्रधानमन्त्री ओली पनि सहभागी छन् ।
सचिवालय वैठक बस्नु अघि कार्यकारी अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिच एक्लाएक्लै भेटवार्ता भएको थियो । ओली–प्रचण्ड भेटअघि बालुवाटार र खुमलटारमा दुबै अध्यक्षले आ–आफ्ना पक्षका सचिवालय सदस्यहरुसँग छलफल गरेका थिए ।
बालुवाटारमा ओली–प्रचण्डको वान टु वान भेटवार्तालाई अन्य सदस्यहरुले सकारात्मक रुपमा लिएका छन् । विगत २५ दिन यता दुइ अध्यक्षबिच कुनैपनि संवाद नहुनु र दुवै अध्यक्षले छुट्टाछ्ट्टै राजनीतिक प्रतिवेदन पेश गर्नुले पनि नेकपा भित्र थप विवाद निम्तिएको थियो ।
आजको सचिवालय वैठक सोही प्रतिवेदनमा केन्द्रित रहने बताइएको छ । दुई अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि छलफल गरि निकाश खोजिने नेताहरुले बताएका छन् । दुई अध्यक्षलाई मिलेर पार्टी एकतालाई जिवित राख्न दोस्रो पुस्ताका नेताहरुले दवाब दिएका छन् ।