• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

कोभिड–१९ बिरुद्धको खोप नेपाल ल्याउने तयारी

"पहिलो चरणमा ल्याइने भ्याक्सिन २० प्रतिशत नागरिकलाई  "
  •  मेन समाचार संवाददाता
  • २० मंसिर २०७७, शनिबार १५:४३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत सहुलितय दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिएका छन् ।

    गौतमका अनुसार विश्व बजारमा कोरोना बिरुद्धको खोप परिक्षणकै क्रममा रहेकोले तत्काल कुन खोप ल्याउन भन्ने निश्चित भने भएको छैन । यद्यपी गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स अन्तर्गत नेपालले निशुल्क रुपमा खापको सुविधा पाउने उनले बताए । पहिलो चरणमा २० प्रतिशत जनतालाई पुग्ने गरि भ्याक्सिन ल्याउने र विस्तारै सबै नागरिकलाई पुग्नेगरि ल्याउने तयारी रहेको गौतमले बताए ।

    भ्याक्सिनको सफल परिक्षण भएपश्चात नेपाल ल्याइने तयारी थालिएको छ । डा. गौतमका अनुसार फाइजर एण्ड वायोएनटेक कम्पनी (रसिया), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया) र अक्सफोर्ड एक्ट्राजेनिका (बेलायत) कम्पनीका खोप अहिले परीक्षणकाक्रममा रहेकाले तिनीहरुमध्ये एउटा कम्पनीको खोप स्वदेशमा ल्याइनेछ । खोप उत्पादन गर्ने मुलुकमा दर्ता भइसकेपछि डब्लुएचओमा दर्ता र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा खोप दर्ता हुनेछ ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा खोप सचिवालय, तथा मन्त्रालयको प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा खोप कोष सचिवालय गठन गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले खोप ल्याउने तयारीका साथ काम गरिरहेको जानकारी दिए । उनका अनुसार खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप शुरुमा कसकसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिम जस्ता काम भइरहेको छन् ।

    ल्याउनका लागि विभिन्न कूटनीतिक नियोगसँग पनि छलफल भइरहेको छ । “खोपको अन्तिम परीक्षण पछि हामी नेपालमा खोप ल्याउनेगरी तयारी गरिहेका छौँ”, अधिकारीले भने, “ अन्तिम परीक्षण सफल भयो भने नेपालमा पनि खोप आउँछ ।” विश्वमा उत्पादन भएका खोप अहिले तेस्रो चरणमा रहेका छन् । ती खोपको अन्तिम परीक्षण हुन बाँकी नै रहेको छ । नेपालमा शुरुमा खोप दीर्घरोगी वृद्धवृद्धा, स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराइनेछ ।

    नेपालमा अहिलेसम्म दुई लाख ३८ हजार ८६१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै दुई लाख २१ हजार ८४७ निको भएका र एक हजार ५६७ को निधन भइसकेको मन्त्रालयले जनाएको छ । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बाइसधाराबाट पक्राउ परेका सुमन सायमी लगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
    फागुन २३ गतेका लागि चिटिक्क पारिएको प्रतिनिधि सभाहल (फोटोफिचर)
    सक्छ भने हटाएर देखाओस्, चुनावबाट दुई तिहाइ लिएर फेरि बालुवाटार जान्छुः प्रधानमन्त्री
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      बाबुको कुटाइबाट तीन महिने छोराको मृत्यु

    • २.
      बाइसधाराबाट पक्राउ परेका सुमन सायमी लगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    • ३.
      मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने

    • ४.
      जर्मनीमा केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    • ५.
      चीनमा २५० नयाँ अर्बपति थपिए

    • ६.
      अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

    • ७.
      फागुन २३ गतेका लागि चिटिक्क पारिएको प्रतिनिधि सभाहल (फोटोफिचर)

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

    • ७.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.